site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पानामले इंग्ल्यान्डविरुद्ध गोल फर्कायो, खेल ६–१ गोलको स्थितिमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को जारी खेलमा इंग्ल्यान्डविरुद्ध पानामाले गोल फर्काएको छ । अहिले खेल ६–१ गोलको स्थितिमा छ । पानामाले खेलको ७८औं मिनेटमा गोल गर्दै खेल ६–१ गोलको स्थितिमा पु¥याएको हो । पानामाको लागि फिलिपे बलोयले गोल गर्न सफल भए ।

यसअघि इंग्ल्यान्डको फराकिलो अग्रतामा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । दोस्रो हाफको ६२औं मिनेटमा केनले ह्याट्रिक पुरा गर्दै इंग्ल्यान्डलाई ६–० गोलको अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफसम्म पानामा इंग्ल्याण्डविरुद्ध ५–० गोलले पछि परेको थियो । पहिलो हाफको अतिरिक्त समयमा पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि इंग्ल्यान्डले फेरि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केनले गोल गर्दै पहिलो हाफसम्म ५–० गोलको अग्रता दिलाएका थिए ।

यसअघि खेलको ४० औं मिनेटमा स्टोनेसले गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । उनले डी बक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे ।

Global Ime bank

यसअघि खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए ।

इंग्ल्यान्डले आफ्नो समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २—१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, पानामाले समूह चरणको पहिलो खेलमा बेल्जियमसँग ३—० गोल अन्तरको हार ब्यहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC