site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पर्दा पछाडिका ‘गोल्डेन डन’ को खोजी, अनुसन्धान टोली भन्छ– सुन तस्करीमा ‘सरप्राइज’ नतिजा आउन सक्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वाधिक चर्चामा रहेको ३८ क्वीन्टल सुन तस्करी छानबिनका लागि गठन भएको टोलीले ‘पर्दा पछाडि’ रहेका व्यक्तिहरुको खोजीमा नयाँ नयाँ व्यक्तिहरुमाथि अनुसन्धान जारी राखेको जनाएको छ । माघ ९ गते विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याको छानबिनका लागि बनेको अनुसन्धान टोलीले पर्दा पछाडि रहेका भनिएका ‘गोल्डेन डन’ को खोजी तीव्र पारेको जनाएको छ ।
तर ‘पर्दा पछाडि’ का ‘गोल्डेन डन’ को हुन ? भन्नेबारेमा अनुसन्धान टोलीले केही बताउन चाहेन ।

३८ क्वीन्टल सुन तस्करीमा पक्राउ परेका र फरार रहेका अभियुक्तहरु मात्रै सुन तस्करीमा थिए वा अरु कोही ? माघ ९ गते युएइबाट त्रिभुवन विमानस्थलबाट बाहिर निकालेपछि साढे ३३ किलो सुन गायब भएको थियो । त्यो सुनको मुख्य लगानीकर्ता एमके अग्रवाल रहेको अनुसन्धान टोलीको दाबी छ । 

सुन हराएपछि सुनको व्यवस्थापन गर्ने जिम्मा लिँदै आएको गोरे सुमहले आफ्ना पूर्वसहयोगी सनम शाक्यको सुन लुकाएको आशंकामा हत्या गरेको थियो । त्यही हत्याबाट सुरु भएको अनुसन्धानले लहरो तान्दा पहरो खसायो । नेपाल प्रहरी उच्च अधिकारीसहित सुन व्यापारी, हुन्डीको कारोबारी लगायत पक्राउ परे । अझै २९ जना फरार सूचीमा छन् । गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले सुन तस्करीका सबै तथ्यको अनुसन्धान गरिरहेको जनाएको छ । टोलीको म्याद दोस्रोपटक थपिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ–नयाँ पात्र टोलीको निगरानीमा 

विशेष अनुसन्धान टोलीले पछिल्लो समय फरार सूचीमा पनि नभएका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Global Ime bank

मंगलबार टोलीले सुन तस्करी र हुन्डी करोबारमा संग्लन भएको आरोपमा व्यवसायी विमल पोद्दारलाई पक्राउ गर्यो । पोद्दार विदेशी मुद्रा र सुन तस्करीमा पूर्वप्रहरी अधिकारीसँग मिलेर काम गर्ने गरेको पाइएको टोलीको दाबी छ । 

यस्तै बिहीबार साँझ सुन तस्करीमा संग्लनतामा आरोपमा अकबर शाह पक्राउ परे  । पक्राउ परेका शाह गोली हानी हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहका भतिजा तथा ठेकेदार मकबुल शाहका छोरा हुन् । स्रोतका अनुसार उनको दुबईमा रहेको माफिया समूहसँगको संग्लनता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 

उनले पनि अवैध सुनमा लगानी गरेको पाइएको छ । पक्राउ परेका दुवै जनामाथी टोलीले अनुसन्धान जारी राखेको छ ।  

साढे ३३ किलो गायब प्रकरणमा मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ लगायत उच्च प्रहरीअधिकारी सहित ३१ जना पूर्पक्षका लागि कारागारमा छन् । अनुसन्धान टोलीले अहिले सुन तस्करीका मुख्य लगानीकर्ता मानिएका मोहनकुमार अग्रवालको खोजी तीव्र पारेको छ । एमकेसँगै गोरेका भाई रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड नोटिस जारी गरिएको टोलीका एक सदस्यले बताए । 

‘सरप्राइज’ नतिजा आउनसक्छ  ः अनुसन्धान टोली
 

अनुसन्धान टोलीका एक सदस्यका अनुसार सुन तस्करी प्रकरणमा ‘सरप्राइज’ नतिजा आउनसक्ने सम्भावना छ । टोलीका ती सदस्यले बाह्रखरीसँग कुरा गर्दै भने, “पक्राउ र फरार प्रतिवादीबाहेक नयाँ नामहरु पनि भेटिएका छन् । अनुसन्धान गर्दै जाँदा चर्चामा नआएका तर ठूलो कारोबार गर्ने पात्रहरु पनि अनुसन्धानको दायरमा आएका छन् ।”

यद्यपी टोलीले अहिलेसम्म राजनीतिक नेतृत्वतर्फ भने निसाना नसोझिएको प्रष्ट पारेको छ । टोलीका एक सदस्यका अनुसार केही उच्च प्रहरी अधिकारी र व्यावसायीमाथी टोलीले निगरानी बढाएको छ । नयाँ–नयाँ पात्र कसरी समातिँदैछन् त भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “हामी विमानस्थलको फुटेज, टेलिफोन कल लगायतका आधारमा उनीहरुलाई फलो गरेका हौं । केही संग्लनताका आधार पनि भेटिएका छन् ।” 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement