site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वुद्ध एयरले दियो नेपालगञ्ज–नयाँ दिल्ली उडानको आवेदन, ६ महिनाभित्रै उडान हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वुद्ध एअरले नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि निवेदन दर्ता गराएको छ । कम्पनीले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको हो ।

पत्रमा वुद्ध एयरले एटीआर ७२ विमानद्वारा दैनिक तीन उडान गर्ने जनाएको छ । ती उडान बिहान साढे ६ बजे, दिउँसो १ बजे र साँझ ५ः१० बजे हुने छ । मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने वुद्ध एयरले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता वुद्ध एयरका पदाधीकारीहरुसँगको भेटमा मन्त्री अधिकारीले कम्पनीको यस घोषणाबाट आफू निकै सकारात्मक रहेको बताए । त्यसै अनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय घोषणालगायत आवश्यक पूर्वाधारहरु इमिग्रेसन, कस्टम ६ महिनाभित्र सकिने विश्वास दिलाए ।

नेपाल नागरिक उड्ययन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग एल६२६ लाई दुईतर्फि रुटको रुपमा स्थापित गरेको छ । यस सहमतिले टर्बोप्रप एटीआर विमानहरुबाट नेपालगञ्जदेखि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीको हवाई उडान करिब १ घण्टा १० मिनेटमा भर्न सकिन्छ ।

Global Ime bank

नेपालगञ्जबाट सिधा नयाँदिल्ली हवाई उडान सञ्चालनमा आउँदा मध्यपश्चिम एवं सुदुरपश्चिमको आर्थिक समृद्धिमा कोशेढुंगा सावित हुने विश्वास वुद्ध एयरले लिएको छ । यो हवाईमार्ग सञ्चालनमा आउन सके यसले नेपालको मध्यपश्चिम र सुदुरपश्चिममा बसोबास गर्ने नेपालीहरुलाई नेपालगञ्जमार्फत सिधै नयाँदिल्लीसँग जोड्ने कम्पनीको दावी छ । साथै यस उडानले प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेका पर्यटन उद्योग एवं त्यस क्षेत्रको व्यापार व्यवसायको पनि प्रवद्र्धन हुने विश्वास कम्पनीको छ ।

नेपालगञ्ज–नयाँदिल्ली–नेपालगञ्ज अन्तर–सिमा उडानसँगै कम्पनीले दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुध्द एयर अहिले एटीआर जहाजबाट भारतको वाराणसी उडान भर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC