site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आइएमईको वर्ल्डकप अफर– दैनिक दुई सयको टपअप चारजनालाई र एकजोडीलाई बैङ्ककसम्मको भ्रमण अवसर
Sarbottam CementSarbottam Cement

काठमाडौं  । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्ड कप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र  आइएमई पेको एप मार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै १,००० (एक हजार)  प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी  प्राप्त गर्नेछ । अधिक सङ्ख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त गर्नेछन् भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी छनोटमा पर्ने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नेछन् ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने निजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।
सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्ध गरिनेछ । 

Global Ime bank

विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र  आइएमई पेको  विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र  आइएमई पेमा निहित हुनेछ ।  एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंक प्राप्त गरेमा ‘लक्की ड्रमार्फत’ विजेता घोषित गरिनेछ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्क विवरण दुरुस्त पोष्ट गर्नुपर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०७५  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC