site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सर्वाधिक महंगा खेलाडी नेयमारले तहल्का मच्चाउन सक्लान् ? ब्राजिल र स्विट्जरल्याण्डबीच आज प्रतिष्पर्धा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा आज ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । रास्टोभ एरिनामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुँदैछ । 

पहिलोपटक सन् १९५० मा विश्वकपमा प्रतिस्पर्धा गरेका ब्राजिल र स्विट्जरल्याण्ड दुवै जितको खोजीमा हुनेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल आफ्नोे समूह चरणको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने प्रयासमा छ । ११ औं पटक विश्वकप खेल्न लागेको स्विट्जरल्याण्ड ब्राजिललाई रोक्ने लक्ष्यमा छ । 

हेड टु हेड
 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म ब्राजिल र स्वीट्जरल्याण्डले ८ खेल खेलेका छन् । ब्राजिलले अहिलेसम्म ३ खेलमा जित हात पारेको छ भने स्विट्जरल्याण्डले २ खेलमा जित हात पारेको छ । त्यस्तै, ३ खेलमा भने दुबै टिमले बराबरी खेलेका छन् ।

ब्राजिल र स्विट्जरल्याण्डबीच सन् १९५० मा विश्वकप फुटबलमा पहिलो पटक भेट भएको थियो । जुन खेल २—२ को बराबरीमा रोकिएको थियो । त्यस्तै सन् १९५०, १९५६ र १९८६ मा भएका खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीचका खेल बराबरी भएका छन् ।
त्यसैगरी, सन् १९८०, १९८३ र २००६ मा भएका खेलमा ब्राजिलले स्विट्जरल्याण्डलाई पराजित गरेको छ भने सन् १९८९ र २०१३ मा भएका खेलमा ब्राजिल स्विट्जरल्याण्डसँग पराजित भएको छ ।

Global Ime bank

विश्वकपमामा ब्राजिल र स्विट्जरल्याण्डका यस्तो छ इतिहास

ब्राजिल
\"\"

ब्राजिल आफैँ फुटबलको बादशाहको रुपमा परिचित छ । अहिलेसम्म ब्राजिलले ५ पटक विश्वकपको उपािध उचालेको छ । ब्राजिलले विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी ५ पटक विश्वकपको उपाधि उचालेको छ । सन् १९५० मा ब्राजिलले विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । जुन विश्वकपमा उरुग्वेसँग २–१ ले पराजित हुँदै उपाधि रक्षा गर्ने अवसर गुमाएको थियो ।

विभिन्न समयमा ब्राजिललाई विश्वकपको उपाधि दिलाउन स्टार खेलाडीहरुले उत्कृष्ट योगदान दिएका थिए । विश्वकप १९५८ मा पेलेले ६ गोल गरे भने अर्का स्टाइकर भाभाले ५ गोल गर्दै ब्राजिललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

ब्राजिलले अहिलेसम्म सबै विश्वकप खेलेको छ । जसमा अहिलेसम्म ब्राजिल ११ पटक सेमिफाइनल पुगेको छ । ५ पटक विश्वकप जित्दा २ पटक उपविजेता, २ पटक तेस्रो र २ पटक नै चौथो भएको छ । त्यस्तै, ९ पटक भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
ब्राजिलको बर्तमान राष्ट्रिय टिममा युवा खेलाडी धेरै छन् । यसवर्ष ब्राजिलियन स्ट्राइकर नेयमारलाई मुख्य खेलाडीका रुपमा हेरिएको छ । 

प्लेयर्स टु वाच
नेयमार
\"\"

लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डोसँगै नाम आउने खेलाडी हुन् नेयमार । ब्राजिलियन स्टाइकर नेयमार त्यस्ता खेलाडी हुन् जतिबेला पनि आफ्नो टिमलाई जित दिलाउने क्षमता राख्छन् । उनी अहिलेका सर्वाधिक महंगा खेलाडीसमेत हुन् । बार्सिलोना छाडेर पीएसजीमा अनुवन्ध हुँदा उनका लागि क्लबले महंगो रकम खर्च गर्नुपरेको थियो । 

नेयमारले आफ्नै भूमिमा भएको सन् २०१४ को विश्वकप फुटबल खेलेका थिए । समूह एचमा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा क्रोसियालाई ३–१ गोलअन्तरले पराजित गर्दा नेयमारले २ गोल गरेका थिए । त्यस्तै, समुह चरणकै अर्को खेल ब्राजिलले क्यामरुनलाई ४–१ गोलअन्तरले पराजित गर्दा नेयमारले यो खेलमा पनि २ गोल गरेका थिए । समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको ब्राजिलको भेट चिलीसँग भएको थियो । प्रि–क्वाटरफाइनलमा चिलीलाई पेनाल्टीमा ३–२ गोलअन्तरले पराजित गर्दा नेयमारले १ गोल गरेका थिए ।

क्वाटरफाइनलमा कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गर्दै ब्राजिल सेमिफाइनलमा पुगेको थियो । तर, आफ्नो कप्तान थिएगो सिल्भा र नेयमार जस्ता प्रभावशाली खेलाडी विना नै मैदानमा उत्रिएको ब्राजिल जर्मनी विरुद्ध ७–१ गोलअन्तरको नराम्ररी हार ब्यहोरेको थियो । कोलम्बियाको खेलको दौरानमा नेयमार गम्भीर घाइते हुन पुगेपछि सेमिफाइनलको खेल गुमाएका थिए । नेयमारले २०१४ विश्वकपमा ५ गोल गरेका थिए ।

नेयमार १७ बर्षको उमेरदेखि नै व्यवसायिक फुटबल क्लब सान्टिष्टाबाट खेल्न थालेका थिए । यो उनी सन् १९९९ देखि २००३ सम्म रहे । २००९ देखि २०१३ सम्म सान्तोषबाट खेलेका नेयमार २०१३ देखि २०१७ सम्म बार्सिलोनामा मेस्सी, लुइस स्वारेजसँगै खेले । अहिले उनी पेरिस सेन्ट जर्मन क्लबमा कीर्तिमानी रकममा २०१७ देखि खेलिरहेका छन् ।

सन् २०१० देखि सिनियर टोलीबाट खेलेका नेयमारले ८३ खेलमा ५३ गोल गरेका छन् । यसपटकको खेलमा उनले तहल्का मच्चाउन सक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । 

फिलिप कोन्टिहो
\"\"

फिलिप कोन्टिहो सन् २०१० को इरानसँगको मैत्रिपूर्ण खेलबाट राष्ट्रिय टिममा प्रवेश गरेका हुन् । कोन्टिन्होले पहिलो अन्तर्राष्ट्रिय गोल भने २०१५ कोपा अमेरिकामा मेक्सिकोविरुद्ध पहिलो गोल गरेका थिए । उनले २०१६ मा अमेरिकामा भएको कोपा अमेरिका फुटबलमा हाइटीविरुद्ध ह्याट्रिक गोल गरेका थिए ।

रसिया विश्वकपका लागि छनौट चरणको खेलमा पाराग्वेसँगको खेलमा ३—० गोलले पाराग्वेलाई पराजित गर्दै ब्राजिललाई विश्वकपमा छनौट गर्न महत्वपूर्ण भूमिका निभाएका थिए । ११ नम्बर जर्सीमा मैदान उत्रिने कोन्टिन्होले अहिलेसम्म खेलेका ३६ खेलमा १० गोल गरिसकेका छन् । २६ वर्षीय मिडफिल्डबाट खेल्ने कोटिन्हो विपक्षीबाट बल खोस्दै आफ्नोे गोल गर्न निकै माहिर छन् । 

विश्वकपको लागि ब्राजिल टिम

गोलरक्षक – एलिसन, एण्डर्सन, कासिओ

डिफेन्डर – डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, माक्र्युइनहोस, मिरान्डा, पेड्रो गेरोमेल

मिडफिल्डर – कासेमिरो, फरनान्डिन्हो, पाउलिन्हो, फ्रेन्च, रेनाटो अगस्टो, फिलिप कोन्टिन्हो, विलियन, डुग्लस कोस्टा

फरवार्ड – नेयमार, टाइसन, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो

 

स्विट्जरल्याण्ड

\"\"

स्विट्जरल्याण्ड विश्वकपका लागि नयाँ टिम होइन तर, रसिया विश्वकपमा स्विट्जरल्याण्डका नागरिकको अपेक्षा भने ठूलो छ ।

दश पटक विश्वकप खेलेको स्विट्जरल्याण्डले अहिलेसम्म खासै ठूलो उपलब्धि भने हासिल गर्न सकेको छैन । यो स्विट्जरल्याण्डको ११ औं विश्वकप हो । सन् १९३४ र १९३८ मा भएको विश्वकपमा लगातार दुईपटक क्वाटरफाइनलमा पुगेको स्विट्जरल्याण्ड सन् १९५४ मा आफैँले आयोजना गरेको विश्वकपको क्वाटरफाइनलमा पुगेको थियो ।

सन् १९३४ मा इटालीले आयोजना गरेको विश्वकपको समूह चरणको खेलमा स्विट्जरल्याण्डले नेदरल्याण्ड्सलाई ३—२ गोलले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा स्विट्जरल्याण्ड चेकोस्लोभाकियासँग ३—२ गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।

सन् १९३८ मा फ्रान्सले आयोजना गरेको विश्वकपको क्वाटरफाइनल खेलमा स्विट्जरल्याण्ड हंगेरीसँग २—० ले पराजित भएको थियो । सन् १९५०, १९६२, १९६६ र २०१० मा स्विट्जरल्याण्ड समुह चरणबाटै बाहिरिएको थियो । स्विट्जरल्याण्ड अहिलेसम्म ३ पटक अन्तिम १६ बाट बाहिरिएको थियो । सन् १९९४, २००६ र २०१४ गरी तीन पटक अन्तिम १६ सम्म पुगेको थियो ।

प्लेयर्स टु वाच

हरिस सेफेरोभिक

\"\"

हरिस सेफेरोभिकले सन् २००९ फिफा यु–१७ विश्वकपमा नाइजेरियाविरुद्धको खेलमा निर्णायक गोल गर्दै स्विट्जरल्याण्डलाई जिताएका थिए । उनले सिनियर टिममा भने सन् २०१३ मा भएको ग्रिससँगको मैत्रिपूर्ण खेल डेब्यु गरेका थिए । सन् २०१४ को विश्वकप छनौटमा साइप्रससँगको खेलमा इनजुरी समयमा गोल गर्दै स्विजरल्याण्डलाई जिताएका थिए ।

२६ वर्षीय हरिसले युरोपियन च्याम्पियनसिपको छनौट खेलमा तीन गोल गरेका थिए । ९ नम्बर जर्सीमा मैदान उत्रिने हरिसले रसिया विश्वकप छनौट खेलमा चार गोल गर्दै स्विट्जरल्याण्डलाई विश्वकपमा छनौट गर्न महत्वपूर्ण खेलाडीको भूमिका निभाएका थिए ।
हरिसले अहिलेसम्म खेलेका ५१ खेलमा १२ गोल गरेका छन् ।

छेरदान साक्युरी
\"\"

सन् २०१० मा उरुग्वेसँगको मैत्रीपूर्ण खेलबाट सिनयर टिमबाट डेब्यु गरेका छेरदान साक्युरीले सन् २०१० को विश्वकपमा स्विट्जरल्याण्ड इङ्गल्याण्डसँग ३—१ गोलले पराजित हुँदा एक गोल गरेका थिए । साक्युरीले युरोपियन च्याम्पियनसिपमा उनले ह्याट्रिक गरेका थिए । सन् २०१४ को विश्वकपको समूह चरणको होन्डुरसविरुद्धको अन्तिम खेलमा साक्युरीले ह्याट्रिक गोल गरेका थिए ।

मिडफिल्डर २६ वर्षीय साक्युरीले अहिलेसम्म खेलेका ७० खेलमा २० गोल गरिसकेका छन् ।

विश्वकपको लागि स्विट्जरल्याण्ड टिम

गोलरक्षकः रोमन ब्युर्की, युभोन मोभ्गो, यान्न सोम्मेर

डिफेन्डरः म्यानुअल अकाञ्जी, जोहान ड्युज्युरोउ, निको इल्भेडी, माइकल लाङ, स्टेफेन लिचेस्टेनर, ज्याक्युज फ्रान्कोइस मौबन्दजे, रिकार्डो रोड्रिग्युज, फासबयन स्चेअर

मिडफिल्डरः  भालोन बेह्रामी, बेलेरिम जेमाइली, गेल्सन फर्नान्डेज, रेमो फ्युलर, छेरदान साक्युरी, ग्रानिट हाका, स्टेभन जुबेर, डेनिस जाकारिया

फरवार्डः  जोसिप डर्मिक, ब्रिल इम्बोलो, मारियो गाभ्रानोभिच, हरिस सेफेरोभिक
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC