site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनुसन्धान समितिको म्याद फेरि थपिँदै, के–के भयो अहिलेसम्म ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुन तस्करी र त्यसैसँग जोडिएका सनम शाक्यको हत्या अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिको म्याद दोस्रोपटक थपिने भएको छ । गएको चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको विशेष अनुसन्धान समितिलाई सुरुमा ४५ दिनको समयसीमा दिइएको थियो । तर, काम नसकिएकाले जेठ मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । 

अनुसन्धान समितिका एक सदस्यका अनुसार आज बस्ने मन्त्रीपरिषद् बैठकले समितिको म्याद फेरि थप्नेछ । अनुसन्धान नटुंगिएको र सुन तस्करीका मुख्य लगानीकर्ता एमके अग्रवाललगायतका केही अभियुक्तहरु फरार रहेकाले म्याद थपिन लागेको ती सदस्यले बताए । 

हालसम्म के–के गर्यो समितिले ?
गत माघ ९ गते युएईबाट आएको भनिएको तस्करीको साढे ३३ किलो सुन गायब भयो । त्यसपछि यही प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भयो । सनमको हत्या सुन लुकाएको आशंकामा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ को समूहले गरेको प्रहरीको भनाइ छ । सनमको हत्या भएपछि काठमाडौंस्थित अपराध महाशाखाको टोली विराटनगर पुगेको थियो । तर, घटनाक्रमले अपराध महाशाखाकै भूमिका शंकास्पद रहेको देखाएपछि घटना रहस्यमय बनेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गर्यो । तर घटना रहस्यमय बन्दै गएपछि मन्त्रीपरिषद् बैठकले गृहका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान समिति गठन गरेको थियो । 

पौडेल नेतृत्वको टोलीले सनम हत्याको कारण खोतल्दै जाँदा सुन तस्करको समूहले हत्या गरेको निष्कर्ष निकाल्दै गोरे, एमकेलगायत समूहको पहिचान गरेको थियो । विशेष टोलीले गोरेको समूहले विभिन्न समयमा ३८ क्वीन्टल सुन तस्करी गरेको र विभिन्न व्यक्तिहरुको संग्लनता रहेको निष्कर्ष निकाल्यो । टोलीले सुन तस्करी र सनम हत्यामा ६३ जना संग्लन रहेको निष्कर्ष निकालेको थियो । मोरङ जिल्ला अदालतमा मोरङ प्रहरीले हत्या, अपहरण, शरीर बन्धक, तस्करी लगायतमा मुद्दा दर्ता गरेको छ । 

Global Ime bank

अनुसन्धान टोलीले यो प्रकरणमा नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्धय प्रतिज केसी र सञ्जय राउत, सइ बालकृष्ण सञ्जेल, पूर्व डिआइजी गोविन्द निरौला लगायतलाई पक्राउ गर्यो ।

प्रहरीसँगै मख्य अभियुक्त भनिएका गोरेलगायत अन्यलाई पक्राउ गर्दा एसएसपी श्याम खत्री र छिरिङ वाङदेल भने आफैं अदालतमा उपस्थित भए । हाल सुन तस्करी प्रकरणमा गोरेसहित ३१ जना पूर्पक्षका लागि जेल चलान भएका छन् भने अझै २९ जना फरार सूचीमा छन् । टोलीले सुन तस्करीको अनुसन्धान विभिन्न कोणबाट गरिरहेको दाबी गर्दै आएको छ । 
टोलीले पछिल्लो समय अदालतको आदेशअनुसार अभियुक्तहरुको सम्पति रोक्का गर्ने, जफत गर्ने, फरार भएकाहरुको खोजी कार्य तिव्र पारेको जनाएको छ । 

यसैबीचमा अनुसन्धान समितिले सुन तस्करीका फरार अभियुक्त राजेन्द्रकुमार शाक्यले सञ्चालन गरेको आरके ज्वेलर्समा छापा मारेर ३० करोडभन्दा बढीको सुनचाँदी जफत गर्यो ।

त्यसैगरी बुधबारमात्र अर्का अभियुक्त चेतनाथ भण्डारीको स्वामित्वमा रहेका बाजेको सेकुवाका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ । टोलीले तस्करीको सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको घरमा पनि छापा मारेको थियो ।

सम्बन्धित समाचारहरू

 

सुन ‘तस्करी’ का पुराना फाइल पनि खोतल्दै समिति, के हो ‘गोरे’ र पूर्वडीआईजी निरौलाको ‘कनेक्सन’ ?

बाजेको सेकुवामा छापा, ६ वटै आउटलेटमा शिलबन्दी (भिडियोसहित)

आरके ज्वेलर्सबाट ३५ प्रकारका गरगहना जफत, सम्पत्तिको वैधता पुष्टि नभए राष्ट्रियकरण

एमके अग्रवाल नै ‘ठूला माछा’ ! सुन गोरेले नेपाल भित्र्याउँथे, एमकेले भारत पठाउँथे, ‘कनेक्सन’ खोज्दै समिति

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC