काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको दशौँ वार्षिक साधारण सभाले संस्थापकतर्फ सुशील गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारणतर्फ नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ । उक्त निर्वाचन पश्चात बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले संचालक समितिको अध्यक्ष पदमा सुशील गौचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
दशौ वार्षिक साधारण सभाले १९.३१०६ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरे पश्चात बैंकको चुक्ता पूँजी कुल रु २ अर्व ७५ करोड पुगेको छ भने पूँजीको हिसाबले गण्डकी विकास बैंक लिमिटेड सवै भन्दा बढी चुक्ता पूँजी भएको अग्रणी विकास भएको छ ।
बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमास सम्ममा निक्षेप रु. २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएको छ ।