site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ऐतिहासिक बैठकपूर्व केक काट्दै ट्रम्पले मनाए जन्मदिन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । उत्तर कोरियाली शाषक किम जोङ उनसँगको ऐतिहासिक सम्मेलनका लागि आइतबार सिंगापुर पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै अवसरमा सोमबार आफ्नो जन्मदिन पनि मनाएका छन् । वास्तविक जन्म मिति बिहीबार भएपनि सिंगापुरका प्रधानमन्त्री लुङले स्ताना प्यालेसमै केकको बन्दोबस्त मिलाएपछि यस ऐतिहासिक माहोलमै ट्रम्पले आफ्नो विशेष दिन मनाएका हुन् । ७२ वर्ष पुग्न लागेका राष्ट्रपतिले क्यान्डल फुक्दै गरेको तस्बिर पनि सार्वजनिक भइसकेको छ । 

अहिले किम र ट्रम्प दुवै सिंगापुरमा भएपनि छुट्टा छुट्टै होटलमा बसिरहेका छन् । उता ऐतिहासिक बैठकपूर्व उत्तर कोरिया र अमेरिकाबीच फेरि आज अर्को दुई घण्टा लामो छलफल भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । त्यसैगरी आज अमेरिकी राज्य सचिव माइक पोम्पेओले पनि सम्मेलनबारे आधिकारिक वक्तव्य पेश गरेका छन् । उनको बयान अगाडि नै ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मून र जापानसँग फोनवार्ता गरिसकेको बताइएको छ ।

पोम्पेओले आफ्नो भनाइमा फेरि पनि अमेरिका निशस्त्रीकरण र शान्तिकै मुद्दामा केन्द्रित रहने उल्लेख गरेका छन् । भविष्यका लागि समेत निकै उपलब्धीमूलक वार्ता हुनेमा अमेरिका विश्वस्त रहेको बताउँदै उनले यस वार्ताका क्रममा उत्तर कोरियाली प्रमुखलाई अमेरिकाले हालसम्मकै कडा सुरक्षा व्यवस्था प्रदान गर्ने तयारी गरेको पनि जानकारी दिएका हुन् । उता दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाको विगतलाई हेरेर उनीहरुको भविष्यबारे अनुमान लगाउनु गलत हुने सुझाव दिएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC