डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार रोदनलाई

डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार रोदनलाई

काठमाडौं । डम्बर कुमारी – गणेश कोइराला साहित्यिक प्रतिष्ठनद्वारा आइतबार आयोजित कार्यक्रममा डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार साहित्यकार श्रीओम श्रेष्ठ रोदनलाई प्रदान गरियो । लामो समयदेखि लघुकथा लेखन तथा यस्को उन्नयनमा सक्रिय योगदान दिँदै आएकोले निवन्धकार एवम लघुकथाकार रोदनलाई उक्त आख्यान पुरस्कार प्रदान गरिएको हो ।  

कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार भागीरथी श्रेष्ठले कथाकार मन्दिरा मधुश्रीद्वारा आफ्ना माता पिताको नाममा स्थापित यस पुरस्कारले माता पिताको जीवनकालमै उनीहरुको सम्मान भएको बताईन । अर्का अतिथि कवि एसपी कोइरालाले पुरस्कृत व्यक्तित्व रोदनको लघुकथा लेखनका विषयमा चर्चा गरे । 

तीन वर्ष अघि स्थापित यस संस्थाले यस अघि यो पुरस्कार प्रा.मोहनराज शर्मा र दार्जिलिङ्गकी आख्यानकार विणा हाङखिमलाई प्रदान गरिसकेको छ ।    मन्दिरा मधुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी संरक्षक कथाकार माया ठकुरी, गणेश कोइराला, श्रीओम रोदन, कुमार कोइराला र तुलसीहरि कोइरालाले बोलेका थिए ।
 

प्रतिकृया दिनुहोस