काठमाडौं । लिटल मिस हेरिटेज नेपालको आयोजना हुने भएको छ । पहिलो संस्करणको अडिसनमा ३९ जना प्रतिस्पर्धीहरू सहभागी भएको अडिसनमा १५ जना छनोट भएका छन् ।
फेसन कोरियोग्राफर रोजिन शाक्यकासाथ मिस हेरिटेज नेपाल २०१५ मिस निशा पाठकले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अडिसनमा सहभागीहरूको चाप सोचेकोभन्दा राम्रो भएको आयोजक जेनिथ इन्टरटेन्मेन्टका विक्रम सिंह मैनालीले जाानकारी दिए ।
लिटल मिस हेरिटेज नेपाल २०१८ को विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, वल्र्ड किड्स फेस्टिवल–२०१८ मा सहभागिता जनाउन पाउनेछ । उक्त प्रतियोगिता २०१८ अगस्ट २ देखि ६ तारिक फिलिपिन्समा हुनेछ ।
आगामी असार २ गते ‘द ग्रिन क्याफे’ तीनकुनेमा दोस्रो अडिसन राखिने आयोजकले जनाएको छ ।