site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माइतीले श्रीमतीलाई घर बनाउन दिएको सम्पत्ति हो : लालबाबु पण्डित 
Sarbottam CementSarbottam Cement

काठमाडौं  । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका छन । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हो, म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन अर्थात कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो प्रतिशत भनेको डिस्टिंक्शन नै हो।’
विगतका सरकारहरुले हिम्मतका साथ आफ्नो देशको कुरा अरुसँग राख्न नसकेको आरोप लगाउँदै मन्त्री पण्डितले भने,‘तर अहिलेको हाम्रो सरकारले हिम्मतका साथ कुरा राखेको छ, यसैको परिणाम हो विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्नु, अझै धेरै मेहनत गर्न बाँकी छ, हामी दुवै तर्फबाट विश्वास लिएर अघि बढ्छौं, जनतालाई सुशासन र समृद्धि दिलाउँछौं।’

मन्त्री पण्डितले आउने असारसम्म दश हजार कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा झिटीगुन्टा बोकेर पठाउने स्पष्ट पारेका छन् । उनले भने,‘दश हजार कर्मचारीहरुलाई अब तोकिएको कार्यक्षेत्रमा पठाउँछु, यदि जान मान्नुभएन भने म कारबाही गर्न म तयार छु, कार्यक्षेत्र जान नमान्ने कर्मचारीहरुलाई विदा गरेर घर पठाईदिन्छु।’

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री पण्डितले राजनीतिक संक्रमणकालको अन्त्य भएपनि प्रशासनिक संक्रमणकाल अझैपनि जारी रहेको बताए । उनले भने,‘अब यो आउने असार मसान्तभित्रै अर्थात् नयाँ आर्थिक वर्ष सुरुसँगै म प्रशासनिक संक्रमणको अन्त्य गर्छु, मैले यो मन्त्रालय सम्हालेको जम्मा दुई महिना भयो, संगठन र संरचना तयार थिएन, अहिले १० प्रतिशत प्रक्रिया सुरु भएको छ, अब असारसम्म सय प्रतिशत पुर्याउँछु ।’

उनले केन्द्रिय सरकारले तीन तहकै सरकारको व्यवस्थापन गरेको बताउँदै भने,‘सरकारले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुबीच समन्वय गरिरहेको छ, तीन तहमै सरकारको व्यवस्था गरेको छ, सुरक्षालाई प्राथमिकता राखेको छ, कुनैपनि किसिमको दण्डहिनता हुन दिन्नौं, अपराधपूर्ण क्रियाकलापहरुको खोजी जारी छ।’

Global Ime bank

मन्त्री पण्डितले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास कार्यक्रमहरु आईसकेकोले अब ऐनाजस्तै देखिनेगरि बजेटमा आउने बताए । उनले भने,‘त्यतिवेला कांग्रेसले पनि साँच्चै आएछ है भन्छ, अनि राजपाका साथीहरुले पनि तराई–मधेशलाई विशेष नै आएछ है भन्नुहुनेछ।’

उनले भने,‘नेपालमा ‘जखमल्ले’ बुद्धिजीवीहरु धैरै छन्, तीनले गरेका भविष्यवाणी केही पनि पुग्दैनन्, केही मिल्दैनन, होला लेख लेखे वापत उनीहरुलाई आम्दानी होला, बुद्धिजीवीहरुले त्यतिवेला संविधान नै जारी हुँदैन, यदि भयो भने पनि लागु हुँदैन भनेर बोलेका थिए, तर अहिले परिणाम हेर्नुहोस्, हामीले सबै लागु गरेर देखाईदिएका छौं।’ 

फरक प्रसँगमा उनले आफूले हालै सार्वजनिक गरेको सम्पत्ति विगत ०७० सालमा मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्तिमा जति थियो अहिले पनि त्यति नै रहेको तर बैंकिङ प्रणाली अनुसार वृद्धि भएको स्पष्ट पारे । उनले भने,‘मेरो अहिले सार्वजनिक गरेको सम्पत्ति आजको विवरण होईन।’ आफूले ढिलो विवाह गरेको कुरा सर्ववित्तितै रहेको बताउँदै मन्त्री पण्डितले भने,‘मैले ढिलो विवाह गरेको हुँ, मेरी श्रीमतीपनि ३५ वर्ष पुगेकी थिईन्, उनको परिवार ललितपुरको भैंसैपाटी वडा नम्बर ३ थियो, माईतीले मेरो श्रीमतीलाई घर बनाउनको लागि जग्गा दिनुभएको थियो।’

त्यस्तै उनले आफ्नो उक्त जग्गा अहिले भाडामा रहेकोले त्यसबाट पनि आय भैरहेको जनाए । श्रीमती र आफूबीच अहिलेपनि ससुरालीले दिएको जग्गामा घर बनाउने कि नबनाउने भन्नेमा असमझदारी भैरहेको उनले जनाए । उनले भने,‘घर बनाउनको लागि बैंकमा राखेको पैसा अहिले वृद्धि भैरहेको छ।’ हालै भएको निर्वाचनमा पनि आफूलाई धेरैजनाले सरसहयोग गरेको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC