site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । नागरिक लगानी कोषले बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउनु पर्नेमा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमा सेवाग्राहीले बताएका छन् । 

नागरिक लगानी कोष प्रदेश नं १ शाखा कार्यालय विराटनगरद्वारा शुक्रबार साँझ यहाँ आयोजित अन्तरक्रियामा उनीहरुले कोषद्वारा लगानी गरिएको जलविद्युत्को शेयर बचतकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिए ।  

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बचतकर्तालाई संरक्षण गर्ने गरी नेपाल सरकारको नीतिअनुसार कोषमा जम्मा भएको रकम आर्थिक समृद्धि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।  

Prabhu Bank
Agni Group
NIC Asia

कोषका उप व्यवस्थापक रोशनजंग कार्कीले बचतकर्तालाई संरक्षण गरी आगामी दिनमा कोषको लगानी रहने जलविद्युत्को शेयर उपलब्ध गराउने नीति बनाउने बताए ।  

कोषका विराटनगर प्रमुख वसन्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषका उप व्यवस्थापक नारायण घिमिरे, नेपाल राष्ट्र बैंकका उप निर्देशक नन्दकुमार ढकाल, नवराज गौतम, कर्मचारी सञ्चयकोषका शान्ता गौतम र रीता पाठकले कोषले प्रदान गर्ने सेवा र सुविधाका सम्बन्धमा जानकारी दिए ।  

Global Ime bank

विसं २०४७ चैतमा स्थापित कोषमा ६ लाख ५० हजार सेवाग्रहीका रु एब खर्ब तीन अर्ब ५८ करोड रकम सञ्चित रहेको छ । कोषले आगामी दिनमा सेवाग्राहीलाई थप सेवा सुविधा उपलब्ध गराउने बताइएको छ । 

तीन वर्ष अगाडि खोलिएको प्रदेश नं १ अन्तर्गतको विराटनगर कार्यालयबाट यस क्षेत्रका साथै प्रदेश नं २ का पर्सा जिल्लासम्मका बचतकर्ताले समेत सेवा प्राप्त गरिरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।  

कोषले आगामी दिनमा मुलुकको संघीय संरचनना अनूरुप सातै प्रदेशमा कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ बाहेक पोखर र विराटनगरमा कार्यालयबाट बचतकर्ताले सेवा पाइरहेका छन् । 

विराटनगरमा रहेको कार्यालयका ११ जना कर्मचारीवाट दैनिक १२५ जना बचतकर्ताले सेवा प्राप्त गरिरहेका छन् । कोषको कार्यालय सेवाग्रही मैत्री र सूचना प्रविधि मैत्री हुनुपर्नेमा बचतकर्ताले जोड दिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC