site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पाँचथर । पाँचथरमा अर्गानिक चियामात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गानिक चिया उत्पादन गरिने भएको हो ।

जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था, लेकाली अर्गानिक चिया उद्योग र पाथीभरा टी स्टेटले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् भने अन्य चिया प्रशोधन गर्ने कारखानाले पनि अर्गानिक चिया प्रशोधन गर्ने तयारीमा जुटेका छन् । एक-दुई वर्षमै जिल्लाका कारखानाले प्रशोधन गर्ने चिया अर्गानिक मात्रै हुने अर्गानिक चिया प्रशोधन गर्दै आएका लालीचिया सहकारी संस्थाका प्रमुख टङ्कप्रसाद राईले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार अर्गानिक चियाको उत्पादन कम हुने भएपनि मूल्य राम्रो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना प्रमुख रामजीवन ठाकुरले चियाको बेर्ना तयारी पनि विषादीरहित हुने, गाईवस्तुको मल र गड्यौले मललगायत मात्रै प्रयोग गरिने र बगानमा रोगकिरा नियन्त्रणका लागि विषादी पनि प्रयोग नगरिएको चियाको पत्तीलाई प्रशोधन गरी अर्गानिक चिया तयार गरिन्छ ।

किसान उत्पादन कम नै भएपनि मूल्य राम्रो भएकाले अर्गानिक चिया उत्पादनतिर लागेको पनि उनले बताए । केन्द्रीय चिया सहकारी सङ्घले तीन वर्षअघि पाँचथरमा अर्गानिक चिया उत्पादन गर्न किसान र प्रशोधन गर्ने कारखानालाई सुझाव दिएको थियो ।

Global Ime bank

रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC