घटना क्रम
एजेन्सी । भारतको छत्तीसगढ राज्यमा पर्ने दन्तेवाडामा एक फटक फेरी नक्सली समूहले सुरक्षा बललाई लक्षित गर्दै ‘आईआईडी’ बम बिष्फोट गरेको छ । बिष्फोटमा परेर सुरक्षा बलका ६ जवानको मृत्यु भएको छ ।
आक्रमण पछि नक्सली समूहले सुरक्षा बलका दुई थान एके–४७, दुई थान इन्सास राइफल, दुई थान एसएलआर र ग्रेनेड लुटेर लगेका छन् । एन्टी नक्सल अपरेशनका डीआईजी सुन्दर राजले प्राथमिक चरणको जानकारी अनुसार बम बिष्फोटमा ६ जवानको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेको छ । उनले आक्रमणमा संलग्न नक्सली समूहलाई पक्राउ गर्न अपरेसन जारी रखेको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५ ०४:३८
प्रतिक्रिया दिनुहोस्