site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महफिलको २७ औं श्रृँखला सम्पन्न  
Sarbottam CementSarbottam Cement

काठमाडौं । महफिल–ए–काव्य उपासनाको २७औं श्रृँखला शुक्रबार राजधानीका सम्पन्न भएको छ । महफिल काब्य उपासना समूहको आयोजनामा हरेक महिना सम्पन्न गरिँदै आइएको महफिल यस पटक एक साता विलम्बबा साथ सम्पन्न भयो ।

महफिलमा नेपाली, हिन्दी, उर्दू र संस्कृत भाषाका काव्यहरु सो कार्यक्रममा प्रस्तुत हुँदै आएका छन् । यो पटक पनि नेपाली, हिन्दी, उर्दूका काव्यरस महफिलमा छताछुल्ल भएर पोखिए ।
सुन्दर शान्त विशाल,
खोइ हाम्रो नेपाल ?

Prabhu Bank
Agni Group
NIC Asia

यो काव्य भाव र एउटा अर्को हिन्दी गजल गुनगुनाए, महफिलका संरक्षक डा. कृष्णजंग राणाले । त्यस्तै भारतीय दुतावासका अधिकारी महेश चंद्र शर्माले ‘लण्डन भन्दा राम्रो नेपाल’ शीर्षकको कविता वाचन गरे । यो कविता उनले हिन्दीमा लेखेको तर पछि नेपालीमा अनुवाद गरिएको बताए । 

महफिलका संयोजक डा. सनतकुमार वस्तीले मधुर स्वरमा सुनाए आफ्ना गजलका केही शेर, 

Global Ime bank

आँखाबाट पस्नेलाई छेक्न सकिएन 
भित्र पस्न मनाहि छ लेख्न सकिएन । 
बसन्तको मौसममा कस्तो हुरी चल्यो
बगैँचामा एउटै फूल देख्न सकिएन ।

यस पटकको महफिलमा यी तीन रचनाकारकासाथ डा. विश्वमोहन आचार्य प्यासा, राधेश्याम ढकाल, प्रकाशप्रसाद उपाध्याय, नीराजन तिमिल्सिना, निशा के सी, शैलेश मानव, सार्थक भट्टराइ, निर्मलरमण पराजुली, प्रा. तीर्थराज वन्त, जीत कार्की, मनोजराज सुवेदी, आनन्दरत्न वज्राचार्य, कल्पना श्रेष्ठ आचार्य र कमला रिसालले गीत कविता र गजल वाचन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC