site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो महिनाको तुलनामा नेपालको मूल्यवृद्धि घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो ९ महिनाको वित्तीय विवरणले अघिल्लो महिनाको तुलनामा वार्षिक विन्दुगत आधारमा मूल्यवृद्धि दर घटेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा चैत मसान्तसम्मको नेपालको वार्षिक मुद्राफ्रिति ५.३ प्रतिशत रहेको छ । अघिल्लो महिना यो तथ्यांक ६ प्रतिशत रहेको थियो । यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने मूल्यवृद्धिदर बढी हो । अघिल्लो वर्ष नेपालको मुद्राफ्रिति ३.८ प्रतिशतमात्र रहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति अघिल्लो वर्षभन्दा बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।  तथापि, २०७४÷७५ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.१ प्रतिशत रहेको छ । तरकारी, फलफुल र दुग्धजन्य तथा अन्डाको भाउ बढेका कारण राष्ट्र बैंकले जनाएको छ । यसअवधिमा खाद्यान्नको भाउ ४.७ प्रतिशतले बढेको छ भने खाद्यान्न बाहेकको मूल्य वृद्धि भने ६.३ प्रतिशतबाट घटेर ५.८ प्रतिशतमा सिमित भएको छ ।

क्षेत्रगत आधारमा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ७.० प्रतिशत, पहाडमा ६.० प्रतिशत, तराईमा ५.७ प्रतिशत र काठमाडौं उपत्यकामा ४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा २.८ प्रतिशत, पहाडमा ५.६ प्रतिशत, तराईमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.७ प्रतिशत रहेको थियो ।

Global Ime bank

त्यसैगरी २०७४ चैत महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ४.६ प्रतिशत रहेको छ । फलतः यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.५ प्रतिशत र भारतको ३.० प्रतिशत रहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC