site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एभरेष्ट म्याराथन जेठ १५ मा, २ सय बढी धावक सहभागी हुने
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  १५ औं संस्करणको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते हुने भएको छ । आयोजक हिमालय एक्सपीडीसन्सले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एभरेष्ट म्याराथन जेठ १५ गते हुने जानकारी गराएको हो ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट हुने एभरेष्ट म्याराथनमा स्वदेशी र विदेशीगरी २ सय बढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको फुल म्याराथनमा ११९,  हाफ म्याराथनमा ११  र  अल्ट्रा दौडमा ७ विदेशी खेलाडीको सहभागिता रहने आयोजक हिमालय एक्सपीडीसन्सका  इभेन्ट म्यानेजर शिखर पाँडेले जानकारी गराए ।

Agni Group

नाम्चे बजारमा आएर समापन हुने म्याराथनमा तीन स्पर्धाको दौड हुनेछ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ४२.१९५ किमिको म्याराथन, ६० किमिको अल्ट्रा म्याराथन र २१ किमिको हाफ म्याराथनमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन्, फुल म्याराथनमा भने खुल्ला, महिला र बिदेशी विधा समावेश गरिएको छ ।

फुल म्याराथनतर्फ खुला स्पर्धामा पहिलो हुनेले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्ने छन् । महिला स्पर्धामा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् । विदेशी स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश ५०,३५ र २५ हजार पाउने छन् ।

Global Ime bank

यस्तै अल्ट्रा दौडका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले १ लाख , ७५ हजार र ५० हजार पाउने छन् । हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २५ हजार पाउने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC