site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आम्दानी बाँडफाँडमा चलचित्र निर्माता र प्रदर्शकबीच सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्दोलनरत चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सेयर बाँडफाँडमा सहमति जुटेको छ । पटकपटकको वार्ता र छलफलपछि आइतबार साँभकm सेयर बाँडफाँडमा सहमति जुटेको हो । 

सहमतिअनुसार अब पहिलो साता निर्माता र प्रदर्शकले ग्रस कलेक्सनको ५०–५० प्रतिशत सेयर बाँडफाँड गर्नेछन् । “अब चलचित्र प्रदर्शनमा आएको पहिलो साता निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत सेयर बाँडफाँड गर्ने हामीबीच सहमति भएको छ,” चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने  । 

निर्माता संघले जेठ २ गतेसम्म आफूले अघि सारेका माग पूरा नभए ४ गतेबाट हलमा कुनै पनि चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अधिकारीका अनुसार दोस्रो सातामा निर्माताले ग्रस कलेक्सनको ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो सातामा निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत सेयर पाउनेछन् भने चौथो हप्तादेखि निर्माताले ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउनेछन् । 

सिंगल थिएटरमा भने प्रदर्शनको पहिलो सातादेखि अन्तिम सातासम्म दुवै पक्षले ५०–५० प्रतिशत सेयर पाउनेछन् । “सिंगल थिएटरमा फष्ट टु इन्ड दुवै पक्षले ५०–५० प्रतिशत सेयर पाउने सहमति भएको छ,” अध्यक्ष अधिकारीले भने । सिंगल थिएटरमा यसअघि पनि सेयर निर्माता र प्रदर्शक दुवै पक्षले ५०–५० प्रतिशत नै सेयर बाँडफाँड गर्दै आएका थिए । 

Global Ime bank

यसअघि निर्माताले प्रदर्शनको पहिलो साता ५० प्रतिशत पाए पनि दोस्रो साता ४२.५ प्रतिशत, तेस्रो साता ३७ प्रतिशत र चौथो साताबाट ३० प्रतिशत सेयर पाउँदै आएका थिए । यस्तै आइतबार भएको सहमतिअनुसार निर्माता संघ र चलचित्र संघबीच दुई सातासम्म हलमा निःशुल्क ट्रेलर देखाउने, पोस्टर, ब्यानर र स्ट्यान्डी राख्ने पनि सहमति भएको छ । 

निर्माता संघले २०६० साउन २३ गते चलचित्र संघसँग भएको सम्झौता पुनरावलोकन गरेको हो । “अहिले भएको सहमति पनि दुई वर्षसम्मका लागि मात्रै हो,” निर्माता संघका अध्यक्ष अधिकारीले भने, “दुई वर्षपछि पुनः अहिले भएको सहमति पुनरावलोकन गरिनेछ । दिनदिनै भित्रिने नयाँ प्रविधि र त्यसको प्रयोग गर्दै जाने हो । त्यसलाई हामी सबैले आत्मसात गर्दै जानुपर्छ ।”

सानो बजारमा ठूलो लगानी गरेर चलचित्र बनाउनुपर्ने तर चलचित्र प्रदर्शकहरुले उचित बाँडफाँड नहुँदा निर्माताहरु मारमा परेको गुनासो गर्दै आएका थिए । 

राम्रो चलचित्र बनाए पनि बजेट अभावमा पर्याप्त प्रचार गर्न नसक्दा चलचित्रहरु इनिसियल नचल्ने र दोस्रो–तेस्रो हप्ता चल्दा निर्मातालाई खासै फाइदा नहुने गरेको निर्माताहरुको गुनासो थियो ।

विशेगागरी ‘माउथ पब्लिसिटी’ बाट चल्ने चलचित्रहरु यसको मारमा पर्दै आएका थिए ।

यसअघि निर्माताले दोस्रो र तेस्रो साता क्रमशः ४२.५ र ३७ प्रतिशत सेयर पाउँथे । अब नयाँ सहमतिअनुसार ४५ र ४० प्रतिशत पाउनेछन् ।

यस्तै, हलहरुले नेपाली चलचित्रको ट्रेलरसमेत बिना पैसा नबजाउने गरेको निर्माताहरुको गुनासो थियो । हलहरुले हिन्दी र अंग्रेजी चलचित्रको ट्रेलर बिनापैसा महिनौं अगाडिदेखि हलमा बजाए पनि नेपाली चलचित्रको भने नबजाएको निर्माताहरुको भनाइ रहँदै आएको थियो । 

प्रत्येक शोमा लाइसेन्स चार्ज भनेर चार सय लिने हलहरुले कर्मचारी र आफन्तका लागि भनेर दुई सयभन्दा धेरै पास लिने गरेको निर्माताहरु गुनासो गर्दै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC