घटना क्रम
नयाँदिल्ली (रासस/सिन्ह्वा) । भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो । “आज विहान तिव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेका मध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ, अरु सात जना गम्भीर घाइते भएका छन्,” वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले सिन्हवासँग भने ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५ २२:३५
प्रतिक्रिया दिनुहोस्