site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ब्रिटेनमा राष्ट्रमण्डल बैठक : लण्डनबाट के ल्याउलान मोदीले ?
Sarbottam CementSarbottam Cement

बीबीसी । गत वर्ष नोभेम्बर महीनामा भारत भ्रमणका लागि आएका बेलायती राजकुमार चाल्र्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यही साता लण्डनमा हुन गइरहेको ‘कमनवेल्थ’ बैठकमा सहभागिता का लागि महारानी एलिजÞाबेथको व्यक्तिगत निमन्त्रण दिएका थिए । 
प्रधानमन्त्री मोदी सोही निमन्त्रणालाई स्वीकार गर्दै १९ र २० अप्रिलमा लण्डनमा आयोजना गरिएको ‘कमनवेल्थ’ देशका राष्ट्राध्यक्षहरुको बैठकमा सहभागि हुन गइरहेका छन् । पछिल्लो एक दशक यता उक्त बैठकमा सहभागि हुने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । 

मोदीलाई विशेष निमन्त्रणाको कारण ? 

Prabhu Bank
Agni Group
NIC Asia

दिल्लीस्थित अब्जर्वर रिसर्च फाउण्डेशनसँग सम्बन्धित जयश्री सेनगुप्ता भन्छिन्, ‘‘ब्रेक्सिटभन्दा पछिको समयमा ब्रिटेनलाई विदेशी लगानी अत्यन्तै आवश्यक रहेको छ । यसै कारण ब्रिटेनले नरेन्द्र मोदीलाई यस प्रकारको महत्व दिएको हो ।’’
भारतका लागि राष्ट्रमडल देशहरुको समुह एक यस्तो मञ्च हो जहाँ भारतले समुहमा आवद्ध ५३ वटा मुलुकसँग रणनीतिक रूपबाट सम्बन्ध बलियो बनाउन सक्छ । राष्ट्रमण्डल देशहरुको समहमा चीन समाबेश नभएकाले भारतलाई विश्व मञ्चमा आफ्नो ठूलो प्रतिद्वन्द्वीको छायाँमा लुक्नु पर्ने जोखिम पनि छैन् । 
सन् २०१० पछि पहिलो पटक प्रधानमन्त्री बैठकमा भाग लिन लागेकाले भारतका लागि राष्ट्रमण्डल देशहरुको बैठक अहम् अवसर पनि हो । २०११ र २०१३ मा  तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले बैठकमा सहभागिता जनाएका थिए । त्यस पछि सन् २०१५ मा आयोजित बैठकमा मोदी उपस्गित भएका थिएनन् । 
भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतलाई राष्ट्रमण्डल देशहरुमा सहभागि गराएका थिए । तर पछिका प्रधानमन्त्रीहरुले राष्ट्रमण्डलमा अभिरुची देखाएनन् । र राष्ट्रमण्डललाई औपनिवेशिक पहिचानका रुपमा हेरियो । 

भारतका लागि राष्ट्रमण्डलको पुनर्जन्मको महत्व 

Global Ime bank

भारत यो मञ्चको सहयोगमा मुक्त व्यापार, सुरक्षा, शिक्षा र कौशल विकासका क्षेत्रहरुमा आफ्नो धारणा स्पष्ट पार्न सकछ । किंग्स कलेज लण्डनका प्रोफेसर हर्ष पन्तले बीबीसीसँग भने, ‘‘भारत मुक्त व्यापारको मुद्दामा देशहरुको समुह बनाएर विश्व व्यापार संगठनमा आफ्ना कुराहरु दाह्रो भएर राख्न सक्छ । त्यहाँ आर्थिक खुलापनको समर्थन र संरक्षणवाद विरुद्धको बनेर भारतको व्यापारिक क्षमतामा असर पर्नेछ ।’’ 
के भारत राष्ट्रमण्डलको नेतृत्व गर्ला ?
बैठकमा भारतलाई राष्ट्रमण्डल समुहको नेतृत्व लिन आग्रह गरिने चर्चा चलेको छ । मुम्बई यूनिभर्सिटीकी प्रोफÞेसर उत्तरा सहस्रबुद्धेले ब्रिटेनका लागि भारतलाई राष्ट्रमण्डलको नेतृत्वका लागि आग्रह गरिनु आफैमा हतार हुनसक्ने प्रतिक्रिया दिएकी छिन् ।
उनी भन्छिन्, ‘‘यदी तपाईले भारतको विदेश नीतिको प्रकृति र उसको कूटनीति हुर्नुभयो भने भारत एक अनिच्छुक उदाउँदो शक्ति हो । यो एक अनौठो स्थितिमा छ । विगत दुई दशकबाट विश्व समुदायले भारतलाई उदाउँदो क्षेत्रीय शक्तिको जिÞम्मेवारी सम्हाल्न सक्ने नजरबाट हेरिहेको छ । तर भारत यसमा अहिलेसम्म इच्छुक देखिएको छैन् ।’’https://www.bbc.com/hindi/international-43796836

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC