site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
मक्का मस्जिद विष्फोटका अभियुक्तहरुलाई ११ वर्षपछि सफाई 
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतको हैदराबादको तल्लो अदालतले ११ वर्षअघि मक्का मस्जिद विष्फोटमा भएको बम विष्फोटनमा संलग्न भनिएका अभियुक्तहरुलाई सफाई दिएको छ ।  १८ मे २००७ मा भएको विष्फोट सहरको चार मीनार क्षेत्र नजिकै रहेको मस्जिदको वजुखनामा भएको थियो । उक्त विष्फोटमा परी १६ जनाको मृत्यु भएको थियो । 

ती मध्ये पाँच जनाको मृत्यु भने घटनापछिको प्रदर्शन नियन्त्रणका दौरान प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।  शुरुआतमा चरमपन्थी संगठन हरकतुल जमात ए इस्लामी अर्थात हूजीले नै विष्फोट गराएको आशंका गरिएको थियो । प्रहरीले झण्डै ५० भन्दा बढी मुसलमान युवकलाई विष्फोट पछि हिरासतमा लिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आन्ध्र प्रदेशको आतंकवाद निरोधी दस्तासहित, नेशनल इन्भेस्टिगेटिङ एजेन्सी (एनआईए) र सीबीआईले घटनाको छुट्टाछुट्टै जाँच गरेको थियो ।  तर तीन वर्षपछि सन् २०१० मा प्रहरीले ’अभिनव भारत’ नामक संगठनसँग सम्बन्धित स्वामी असीमानन्दलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीको गिरफ्तारीपछि स्वामी असीमानन्दले दिएको बयानले सबैलाई आश्चर्यमा पारिदिएको थियो ।  उनले विष्फोटको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका मुसलमान समदायका युवकहरु प्रति सुहानुभूति जनाउँदै ती युवकहरु निर्दोष रहेका बताएका थिए । 

Global Ime bank

पछि आन्ध्र प्रदेशको अल्पसंख्यक आयोगले ती मुसलमान युवकहरुलाई पछि निर्दोष भएको प्रमाण पत्र दिएको थियो । 

https://www.bbc.com/hindi/india-43779925

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC