site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीले बोलाए ७ वटै मुख्यमन्त्रीलाई, राजनीतिक परामर्श गर्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटै प्रदेशका मुख्य मन्त्रीलाई राजनीति परामर्शका लागि बोलाएका छन् । संवैधानिक व्यवस्थाअनुसार ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेदेखि हुने छलफलमा एक प्रदेशबाट मुख्यमन्त्रीसहित ३ जनालाई बोलाएका छन् । ७ वटै प्रदेशका गरी २१ जनालाई बोलाइएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्रीसँगै प्रदेश सचिव र मुख्य न्यायाधीवक्तालाई पनि आमन्त्रण गरिएको छ ।  एउटै किसिमको कार्यशैली र शासकीय व्यवस्था कायम गर्न मुख्यमन्त्रीहरुसँग परामर्श गर्न लागएको राजनीतिक सल्लाहकार रिमालले  बताए । 

“प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीहरुसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ, सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो, तर यो पहिलो भेट हो,” रिमालले भने ।

Global Ime bank

संविधानको धारा २३२ (२) मा ‘नेपाल सरकारले राष्ट्रिय महत्वका विषयमा र प्रदेशहरुबीच समन्वय गर्नुपर्ने विषयमा प्रदेश मन्त्रीपरिषदलाई संविधान र संघीय कानून बमोजिम आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित प्रदेश मन्त्रिपरिषदको कर्तव्य हुनेछ,’ भन्ने व्यवस्था रहेको छ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीले राजनीतिक परामर्श र आवश्यक निर्देशनकालागि बैठक आह्वान गरेको जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC