site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
मृत्यु हुनेबेला दिमागले के सोचिरहेको हुन्छ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । मर्नुभन्दा अघि मानिसको दिमागले के सोचिरहेको हुन्छ होला ? कसैसँग पनि यसको प्रष्ट जानकारी छैन । वैज्ञानिहरुलाई केही जानकारी अवश्य छ तर यो रहस्यको विषय नै रहेको छ । 

तर हालै केही वैज्ञानिकहरुले यसको बारेमा अध्ययन गरेका छन् जसमा यसबारे केही तथ्य पत्ता लागेको बीबीसीले जनाएको छ । बर्लिनको चेरिट विश्वविद्यालय तथा ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकहरुले जेन्स द्रेयरको अगुवाईमा यसबारे अध्ययन गरेका हुन् ।   

Prabhu Bank
Agni Group
NIC Asia

यसको लागि वैज्ञानिकहरुले केही बिरामीको स्नायूप्रणालीको सुष्म अध्ययन गरेका गरेका छन् । यसको लागि उनीहरुले बिरामीको आफन्तसँग पूर्वअनुमति लिएका थिए । 

ती व्यक्ति यात भयानक दुर्घटनामा परेर घाइते भएका थिए या त हृदयघातको शिकार भएका थिए । वैज्ञानिकहरुले पत्ता लगाए कि पशु तथा मानिस दुवैको दिमाग मृत्युको समयमा एकै तरिकाले काम गर्दछ । साथै एक यस्तो समय पनि आउँछ जब दिमागको कामकाज पुनः बहाली हुनसक्छ । 

Global Ime bank

यो अध्ययनको प्रमुख उद्देश्य पनि यहि नै थियो कि कुनैपनि व्यक्तिलाई मृत्युको अन्तिम क्षणबाट पनि कसरी बचाउन सकिन्छ ।  मृत्युको समयमा शरीरमा रगतको प्रवाह रोकिन्छ र त्यसको कारण मस्तिष्कमा अक्सिजनको मात्रा कम हुन जान्छ । सेरेब्रल इस्किमया नामको यो स्थितिमा जÞरूरी रासायनिक अवयव कम भएर जान्छ र जसले मस्तिष्कमा ‘इलेक्ट्रिकल एक्टिविटी’ पुरै सकिन जान्छ । 

मानिसमा गरिएको प्रयोग

तर वैज्ञानिहरुको टिम मानिसको सम्बन्धमा  यो प्रक्रियालाई अझै गहराईदेखि बुझ्न चाहन्थे । त्यसैले उनीहरुले केही बिरामीको दिमागको न्यूरोलोजीकल (स्नायु सम्बन्धी) गतिविधिहरुको निगरानी गरे । डाक्टरहरुको तर्फबाट निर्देशन भएको थियो कि ती बिरामीलाई इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोग गरेर बेहोशबाट फिर्ता ल्याउने कोशिस नगरियोस् ।  
https://www.bbc.com/hindi/science-43363555

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC