काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकुस्थित अम्बे कम्प्लेक्समा सोमबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्षचिरञ्जिवी चापागाईंले गरे । उक्त अवसरमा कम्पनी संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यापारीलगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणको उपस्थिति थियो । शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई बधाई दिए ।
कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आब २०७४–०७५ को दोश्रो त्रैमाससम्ममा ४३ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी ८५ करोड, त्यसैगरी खुद नाफा ४ करोड ८२ लाख आर्जन गर्न सफल भएको जानकारी दिँदै शाखा तथा सेवा काउण्टर गरी ४३ स्थानबाट ग्राहकलाई सेवा दिइरहेको बताए ।