site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले पूर्वसचिवको संयोजकत्वमा गठन गर्यो विमान दुर्घटना छानविन आयोग 
SkywellSkywell

काठमाडौं । सरकारले यूएस बंगलाको विमान दुर्घटनाबारे छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

दुर्घटनामा परेर ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । 

Dabur Nepal
NIC Asia

आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनिल प्रधान, उद्धवप्रसाद सुवेदी र सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन् ।

जाँचबुझ आयोगलाई यथाशिघ्र छानविन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

सरकारले विमान दुर्घटनामा परी घाईते भएकोहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।  त्यसैगरी दुर्घटनामा परेकाहरुको उद्दार कार्यमा खटिएका नागरिक उडडयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी लगायतप्रति पनि आभार व्यक्त गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu