site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
प्रत्यक्ष प्रशारणमै प्रस्तुतकर्ताले बच्चा जन्माएपछि ...
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकामा एक रेडियो प्रस्तुतकर्ताले प्रत्यक्ष प्रशारणमै बच्चालाई जन्म दिएकी छन् । सेन्ट लुइसको ‘द आर्क’ स्टेसनले यस कार्यक्रमका लागि भनेर विशेष बन्दोबस्त मिलाएको बीबीसीले जानकारी दिएको छ । 

सोमबारदेखि नै प्रस्तुतकर्ता क्यासीडे प्रोक्टरलाई पीडा सुरु भएपछि कार्यक्रमलाई अस्पतालभित्रै प्रशारण गर्ने व्यवस्था गरिएको थियो ।  बच्चाको जन्म दुईसाता पहिले नै भएकामा उनले यसका लागि अचानक तयारी गर्नुपरेको बताएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रेडियो स्टेसनले अस्पतालसँगको सहकारितामा दर्शकमाझ प्रोक्टरले जन्म दिँदाको क्षणलाई प्रशारण गरेको थियो । 

दैनिक प्रशारणमा पनि उनले दर्शकहरुलाई आफ्नो व्यक्तिगत जीवनका विभिन्न अनुभवबारे बताउने गरेकाले यो उनका लागि अहिलेसम्मकै उत्कृष्ट क्षण रहेको उनको भनाइ छ । 

Global Ime bank

त्यसैले सबै श्रोताहरुलाई जीवनको सबैभन्दा महत्वपूर्ण समयको अनुभव सुनाउन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उनले बीबीसीसँगको कुराकानीमा बताएकी हुन् । 

उनको छोराको नाम पनि दर्शकहरुले नै छनोट गरि जेमसन राखिदिएको बताइएको छ । यसबारे सो कार्यक्रमका अर्का प्रस्तुतकर्ता स्पेन्सर ग्रेभले भने, ‘प्रशारणकै क्रममा यसरी जन्म दिँदाको क्षण दर्शकका लागि समेत जादूमय र अविस्मरणीय बन्न पुगेको छ ।’ अब भने केहि दिनका लागि प्रोक्टर बिदाका बस्ने कार्यक्रमका निर्देशकले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC