साहित्य र कला

‘प्रेम दिवस’ को दिन ‘भ्यालेन्टाइन १८’ आयोजना हुँदै 

काठमाडौं । फेब्रुअरी १४ मा मनाइने ‘प्रेम दिवस’ को दिन फ्रेम मिडियाले ‘भ्यालेन्टाइन १८’ को आयोजना गर्दैछ । जसमा ५० देखि ६० प्रेम जोडी ले भाग लिन्दैछन् ।   

उक्त कार्यक्रममा पहिला सहभागी जोडीहरुलाई ‘नम्बर ट्याग’ दिइनेछ । सहभागी जोडीबाट उत्कृष्ट १० जोडी छानिने छ, जसमा पुरुषले महिलाको र महिलाले पुरुषको बारेमा भन्नेछन् । 
यसकै आधारमा उत्कृष्ट ५ जोडी छानिने छ । छानिएका ५ जोडीले निर्णायकहरुले साधेको प्रश्नको जवाफ दिनुपर्नेछ जसमा महिला र पुरुष दुबैको जवाफ एउटै हुनुपर्नेछ ।

कार्यक्रमको निर्णयकमा नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, उनका श्रीमान् माइकल चन्द, जनता टेलिभिजनको प्रबन्ध निर्देशक लक्ष्मण हुमागाईँ र उनकी श्रीमती रोजी कट्टेल र पूर्व मिस नेपाल उषा खड्गी तथा जि.पी तिम्लिसिना रहने फ्रेम मिडियाले जनाएको छ ।  

तपाईंको मत