साहित्य र कला

‘शत्रुगते’ को टिजर हलमा रिलिज

‘शत्रुगते’ को टिजर हलमा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टिजर हलमा रिलिज भएको छ । टिजर हलमा चलचित्र हेर्न जाने दर्शकले मात्रै हेर्न पाउने छन् । प्रदर्शनरत फिल्म ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएको छ । 

चलचित्रकम मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ । 

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्र किरण केसीले निर्माण गरेका हुन् । 

हरिवंश आचार्यको कथा रहेको चलचित्रको पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले लेखेका हुन् । संवाद भने निर्देशक भट्टराईले हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । 
यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

निर्देशक प्रदीप भट्टराईले पहोलो प्रतिक्रिया हलमा आउने दर्शकबाट लिन चाहन्थ्यौ भन्दै भने, “त्यसैले हलमा रिलिज गरेका हौं । फिल्ममा हामीले सोसल ड्रामासँगै मनोरञ्जन पनि पस्केका छौ । सार्वजनिक टिजरमा क्यारेक्टर लुक्स र फिल्मको कथासारलाई केहि हदसम्म प्रस्तुत गरेका छौं ।”
 

तपाईंको मत