site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कास्कीको पोखरामा पक्राउ परेका विद्यार्थी नेताहरुको तत्काल रिहाईको माग गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मंगलबार दिउँसो विज्ञप्ती जारी गरेर पोखरामा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेका हुन् । 

नेपाल विद्यार्थी संघ, स्याङ्जा–पृथ्वीनारायाण क्याम्पस सम्पर्क समितिका अध्यक्ष बोधराज ढकाललाई ठक्कर दिने नगर बसका चालकमाथि कारवाही र पीडित परिरवारलाई क्षतिपूर्तिको माग राखेर आन्दोलनमा उत्रिएका ८ जना विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोमबार बेलुकी नगर बसको ठक्करबाट अध्यक्ष ढकालको मृत्यु भएपछि मंगलबार बिहानैबाट नेविसंघले पोखरामा प्रदर्शन सुरु गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा केन्द्रीय सदस्य गेपाल गुरुङलगायतका कयौं प्रदर्शनकारी घाइते भएको बताइएको छ । 

अध्यक्ष महरद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदर्शनका क्रममा घाइते भएका विद्यार्थी र विद्यार्थी नेताहरुको उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ । ‘‘अन्यथा नेविसंघ देशैभरी आन्दोलित हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने’’ विज्ञप्तीमा भनिएको छ । 

नेविसंघको प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरिसकेको बताइएको छ । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेविसंघको प्रदर्शनका कारण पृथ्वीनारायाण क्याम्पस आसपासका पसलहरु बिहानैबाट बन्द छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro