site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अंकितको ‘नौ फुटे भूत...’ बजारमा (भिडियोसहित)
काठमाडौं । अंकित अधिकारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भारतले नेपालमाथी लगाएको नाकाबन्दीलाई विम्बका प्रयोग गरिएको छ । 
नेपाली तारा–३ का शीर्ष ८ प्रतिस्पर्धी अधिकारीले नाकाबन्दीका कारण किन 'नौ फुटे भूत' नै रोजे त ?
“हाम्रै कमजोरी र असमझदारीमाथि टेकेर हामीलाई नै डस्ने समष्टि रुप हो भूत,” अधिकारी भन्छन्, “त्यो भूत व्यक्तिभन्दा संस्थाको विम्ब हो । अग्लै मानिस औसत ६ फुटको हुन्छ, त्यसैले मैले ९ फुटे राखें ।”
जंगलको त्यो नौ फुटे भूत 
 
बस्तीको दक्षिण मोडमा 
बस्न थालेपछि 
नाकाबन्दी लाग्यो
घामअनि छेकियो
दक्षिणबाट हावा चलेन ....
 
गीतमा नाकाबन्दीसँगै भएको मधेस आन्दोलनमा नेपाली मारिएको कथा पनि विम्बसहित छ उनले बन्दुकबाट आएको कालो धूवाँलाई मानिसका कालो मन र कालोबजारीमार्फत् त्यतिखेर फस्टाएको कालो धनलाई छोएका छन् । 
कला जगतमा राजनीतिक चेत छैन भन्ने आलोचना बारम्बार आइरहेका बेला अंकितको गीतले यसको मुख थुनिदिएको छ । उनका लागि यस्तो सिर्जना रुचाइन्छ वा रुचाइँदैन जाँच्ने ‘रिस्क’ पनि हो । उनले भने, “समाज बोलेन भने कलाको अर्थ नै के रह्यो र ?”
तर, उनी गीतलाई राजनीति हो भन्न रुचाउँदैनन् । 
“अर्थ लगाउने सबैको स्वतन्त्रता हुन्छ,” उनी भन्छन्, “अरुले राजनीतिक गीतकै रुपमा बुझ्दा पनि मलाई केही आपत्ति छैन ।” 
नाकाबन्दी जोडिएपछि पनि केही गैरराजनीतिक हुन सक्छ ?
उनी थप्छन्, “मैले भारतप्रति आक्रोश वा अन्य कुनै समूहलाई दोषारोपण गर्न खोजेको होइन ।"
झण्डै ५ वर्ष सकृय पत्रकारिता गरेका अंकित ३ वर्षयता संगीतमा व्यस्त छन् । 
विद्यालयदेखि नै उनी नेपाली, हिन्दी र उर्दू गीत गाउ“थे । कुमार नगरकोटीको नाटक ‘कोमाः अ पोलिटिकल सेक्स’मा पार्श्व गीत गाउन पाउनु उनको लागि ‘ब्रेक’ थियो । पछि उनले नारायण गोपालका डेढ दर्जन गीतहरुको एकल साँझ ‘नारायण गोपाल रिसरेक्टेड’ आयोजना गरे । 
नेपाली तारा– ३ ले उनलाई थोर–बहुत सफलता र सिकाइ दियो । अहिले १० महिनाको अन्तरालमा उनको यो दोस्रो म्युजिक भिडियो हो । 
उनी अहिले ‘डा गोविन्द केसी एन्थम’मा काम गरिरहेका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७३  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro