site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जन्ते बाख्रो’को गीतमा आशिफ र गरिमाको जोडी 

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द रचना तथा संगीत छ । 

गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्माको अभिनय छ । 

जेठ २३ गतेबाट रिलिज हुने चलचित्रमा गरिमा र आशिफसँगै सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मालगायत कलाकारको अभिनय छ । 

चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको चलचित्र हो । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro