site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्जकहरूलाई सुसेली सम्मान प्रदान

काठमाडौं । राष्ट्रिय सुसेली फाउन्डेसनले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा स्रष्टाहरूलाई सम्मानित गरेको छ । 
शुक्रबार काठमाडौंमा फाउन्डेसनले सातौँ वार्षिकोत्सव मनाउँदै ‘जन्मभूमि सुसेली सम्मान’ साहित्यकार ठाकुर शर्मा भण्डारी, ‘डा. शेष–चन्द्रा न्यौपाने सुसेली सम्मान’ डा. यज्ञश्वर निरौला, ‘राम–सुशीला सुसेली सम्मान’ डा.देवी नेपाललाई प्रदान गरेको छ । 

‘सुचिता–ऋतु सुसेली सम्मान’ प्रा.डा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, ‘केशव–विमला सुसेली सम्मान’ वेदमणि घिमिरे, ‘कमला देवकोटा सुसेली सम्मान’ डा. हेम पौडेल, ‘बम–जानुका सुसेली सम्मान’ कथाकार माया ठकुरी, ‘मुरली–सरस्वती सुसेली सम्मान’ प्रा.डा. रामप्रसाद ज्ञवाली र ‘कृष्ण–गुनु सुसेली सम्मान’ कलानिधि दाहाललाई प्रदान गरेको छ ।

उक्त कार्यक्रममा ‘गंगा सुसेली सम्मान’ चन्द्रप्रसाद न्यौपाने र अरुण नदी खत्री र ‘चन्द्रा–कमला–शिवहरि वाग्ले सुसेली सम्मान’ साहित्यकार तथा सञ्चारकर्मी छविरमण सिलवाललाई प्रदान गरियो । 

‘चन्द्रा–कमला–शिवहरि वाग्ले सुसेली सम्मान’ पुष्कर अथक रेग्मी, ‘राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान’ दामोदर ढकाल ‘दीपक’, ‘राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान’ सुशीला ढकाल अधिकारी र ‘संरक्षक सम्मान’ दुर्गाप्रसाद अधिकारी ‘भ्रमरकोटे’लाई प्रदान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro