site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

काठमाडौं । फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले भूकम्पको दश वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माणका चुनौतीलाई दस्तावेजीकरण गरिएको फोटो प्रदर्शनी आयोजना गरेका छन् । 

बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा तस्बिर प्रदर्शनमा राखिएका छन् ।  

प्रदर्शनीको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे । उनले प्रदर्शनीमा राखिएका सबै तस्बिर अवलोकन गरेका थिए । 

अध्यक्ष प्रचण्डसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले पनि फोटो प्रदर्शनी अवलोकन गरेका आयोजकले प्रेस नोटमा उल्लेख गरेका छन् ।  

अध्यक्ष प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त गोरखाका भौतिक संरचनाको बाँकी पुनर्निर्माण सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । 

3-1745636967.jpg

4-1745636967.jpg

5-1745636967.jpg

2-1745636966.jpg

 

1-1745636966.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro