site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कस्तो छ फिल्म पद्मावत ? (समीक्षा)
Siddhartha BankSiddhartha Bank

सिनेमा– पद्मावत

सिनेमाको किसिम– पीरियड ड्रामा 

कलाकार– दीपिका पादुकोण, शाहिद कपूर, रणवीर सिँह, अदिति राव हैदरी, जिम सर्भ

Agni Group
NIC Asia

निर्देशक– सञ्जय लीला भन्साली

अवधि– २ घण्टा ४३ मिनेट

Global Ime bank

प्रस्तावना

सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ अनेक प्रकारका विवादको सामना गरेर बिहीबार प्रदर्शन हुन गइरहेको छ । सन् १५४० मा मलिक मुहम्मद जयसीले रचेको रचना ‘पद्मावत’ मा यो फिल्म आधारित छ । रानी पद्मिनी प्रति अलाउदीनको एकोहोरो प्रेम यसमा देखाइएको छ । यद्यपी फिल्मको निर्माया पक्षले यसलाई काल्पनिक भनेको छ ।

विभिन्न राज्यमा जारी विरोधका कारण निर्माण पइाले यसलाई काल्पनिक भनेको पनि अनुमान छ । आउनुस् हेरौंं ‘पद्मावत’ दर्शकहरुलाई मनोरञ्जन गर्न सक्छ कि सक्दैन । 
 

कथा 
 

अफगानिस्तानका खिलजी समुदायबाट ‘पद्मावत’ को सुरुवात हुन्छ । खिलजी समुदलायका पहिलो सुल्तान जलालुद्दीन खिलजी (रजा मुराद) सल्तनत–ए–हिन्दको तख्ता पलट गरेर स्वयम् सुल्तान बन्छन् । अलाउद्दीन खिलजी (रणवीर सिँह) सुल्तानका भतिजा हुन्छन् । जसलाई हरेक कुराको नायबी हासिल गर्ने शौक हुन्छ । फेरी कथामा सिंघलकी राजकुमारी पद्मावती (दीपिका पादुकोण) प्रवेश हुन्छ । जो एक हरिणको शिकार गर्न गएकी हुन्छिन् तर भूलवस उनले प्रहार गरेको तीर चित्तौडगढका राजा रतन सिँह (शाहिद कपूर) लाई लाग्दछ । 

राजा रतन सिँह पद्मावतीसँग विवाह गरेर आफुसँगै चित्तौडगढ लिएर आउँछन् । राजा रतन सिँह र रानी पद्मिनी एकान्तमा रहेको अवस्थालाई राजा रतन सिँहका गुरुले देख्छन् । यो अपराधका लागि राजा रतन सिँह आफ्ना गुरुलाई देश निकालाको सजाय सुनाउँछन् । 

प्रतिशोधको भावनामा भित्रभित्रै जलिरहेका गुरु खिलजीसँग मिल्छन् । र खिलजीको मनमा पद्मावतीका प्रति आकर्षण जगाउन लाग्छन् । खिलजी पद्मावतीको तारिफ सुनेर दिवाना भइदिन्छन् । त्यस पछि सुरू हुन्छ खिलजी र चित्तौडगढबीच युद्ध । यो युद्धमा जीत कसको हुन्छ त्यसका लागि फिल्म ‘पद्मावत’ हेर्नै पर्ने हुन्छ । तर यो बीचमा जे जे घटना हुन्छन् ती अत्यन्तै रोचक छन् । 

भूमिका
 

रणवीर सिँहले फिल्म ‘पद्मावत’ मा तारिफ गर्न लायक भूमिका निभाएका छन् । शाहिद कपूर र दीपिका पादुकोणले पनि मनमोहक ढंगको अभिनय गरेका छन् । अदिति राव हैदरी, जिम सर्भ, रजा मुरादले निभाएको भूमिकाले पनि फिल्म सफल बनाउन योगदान पु¥याएको छ । 

निर्देशन र छायांकन
 

सञ्जय लीला भन्सालीको निर्देशन तारिफ योग्य छ । सुदीप चैटर्जीले सम्हालेको छायांकनको बागडोर उत्कृष्ट छ ।
 

संगीत
 

सञ्जय लीला भन्साली र सञ्चित बल्हाराले फिल्ममा संगीत दिएका छन् । फिल्मको संगीत सुमधुर छ । घूमर, एक दिल एक जान, खलीबली जस्ता गीतहरु मन मोहक छन् । यद्यपी ‘घूमर’ बाहेक अरु गीतहरु स्मरण रहँदैनन् । 
बलिउड बबल डटकमबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ०२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय