site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘सुबिसु क्यान इन्फोटेक २०१८’ को तयारी पूरा, लक्की ड्रबाट हरेक दिन उपहार
Sarbottam CementSarbottam Cement

काठमाडौं । यही माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको हो ।

२४ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु केवलनेट प्रालि रहेको छ । त्यस्तै, एसोसिएट प्रायोजक मोटोरोला रहेको छ । सुविसु क्यान इन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला’ मा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहने आयोजक क्यान महासंघले जानकारी दिएको छ ।

त्यस्तै, क्यान इन्फोटेकको प्लाटिनम स्पोन्सर  वल्र्डलिंक कम्युनिकेसन,  डायमण्ड स्पोन्सर  नेपाल टेलिकम र टि।पी लिंक, गोल्ड स्पोन्सरहरु हुवावे,  एमआई। स्मार्ट फोन र टेक्नो मोबाईल , सिल्भर स्पोन्सरहरु नेटिस, एस पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस स्मार्ट टि भी  रहेका छन् भने प्रिन्ट स्पोन्सरमा हाइसेन्स रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक,  टेलिकम्युनिकेशनस्, आई सी।टी कलेज तथा ट्रेनिङ ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनी हलभित्र र बाहिर शतप्रतिशत स्टल बुकिङ भईसकेका क्यानले जनाएको छ । 

यस वर्षको क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई १०० र विद्यार्थीहरुलाई ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । माघ १४ गते आईतबारको दिनलाई विजनेश डेको रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रूपैयाँ तोकिएको छ । 

Global Ime bank

सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने क्यानले बताएको छ । अनलाइन टिकट खरिद इसेवाबाट पनि गर्न सकिनेछ । क्यान इन्फोटेक अवलोकन गर्नेमध्ये एक जनालार्इ गोला प्रथाबाट हरेक दिन २० इन्चको हाइसेन्स टिभी उपहार दिइने बताइएको छ । 

यस संस्करणको अफिसियल बैंक सनराइज  बैंकले टिकट काटी प्रबेश गर्नेलाई ४०० प्रतिशतसम्मको क्यास ब्याक अफरसमेत घोषणा गरेको छ ।

– रश्मिता माझी / प्रिज्मा जोगेठ्वा (थारू) 

(प्रशिक्षार्थी पत्रकार)

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC