site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित,सबैभन्दा बढी ५ नम्बर प्रदेशमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं  । माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार आज सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय सभा सदस्य (निर्वाचनक मण्डल) मतदाताहरूको नामावली प्रकाशित गरिएको छ । 

आयोगले माघ ७ गते आज बिहान ११ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने गरी संशोधित निर्वाचन कार्यतालिका प्रकाशित गरेकोमा आजै सातवटै प्रदेशमा प्रदेश सभा सदस्यको शपथग्रहण कार्यक्रमसमेत रहेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुरको पाटन, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिएको छ ।  

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ र सातवटा प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य जम्मा ५५० गरी कुल २,०५६ जना मतदाताले मताधिकार प्रयोग गर्ने व्यवस्था रहेको छ । स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष छन् भने प्रदेश सभामा पुरुष ३६१ र महिला १८९ जना मतदाता रहेछन् । 

Global Ime bank

त्यसमध्ये सबैभन्दा बढी प्रदेश नम्बर ५ मा मतदाता रहेका छन् ।
\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC