site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतले दक्षिण अफ्रीकाविरुद्धको टेष्ट सिरिज गुमायो
Sarbottam CementSarbottam Cement

एजेन्सी । भारतविरुद्धको तीन खेलको टेष्ट सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले जितेको छ । बुधबार दोस्रो टेष्टमा भारतलाई १३५ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज एक खेल अगावै २ – ० ले जितेको हो  ।

सेन्चुरीयनमा दक्षिण अफ्रीकाले दिएको २८७ रनको लक्ष्यसहित दोस्रो पारी थालेको भारत ५० ओभर २ बलमा अलआउट हुँदै १५१ रनमा समेटियो । दोस्रो पारीमा भारतका रोहित शर्माले  ४७ र मोहमद शामीले २८ रन बनाए । त्यस्तै पार्थिव पटेल र चेतेश्वर पुजाराले समान १९ – १९ रन बनाए । दक्षिण अफ्रिकाका लुँगीसानी नेग्दीले ६ विकेट लिदा कागीसो राबडाले ३ विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा ३३५ रन बनाएको थियो । यस्तै दोस्रो पारीमा अलआउट हुँदै २५८ रन बनाएर  भारतलाई २८७ रनको लक्ष्य दिएको थियो  । दोस्रो पारीमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले ८० तथा डीन एल्गरले ६१ रन बनाए ।

भारतले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३०७ रन बनाएको थियो । कप्तान विराट कोहलीले १५३ रनको उत्कृष्ट प्रदर्शन गरेपछि भारतको सम्मानजनक स्कोर बनाएको थियो । भारतीय ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा घरेलु टोली दक्षिण अफ्रिकाका मोर्न मोर्कलले ४ विकेट लिए ।

Global Ime bank

दुई टोलीबीचको दोस्रो टेष्ट आइतबार सुरु हुने छ ।  पहिलो टेष्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ७२ रनले पराजित भएको थियो । टेष्ट सिरिजपछि दुई टोलीले ६ खेलको एकदिवसीय सिरिज र ३ खेलको टि – ट्वान्टी खेल खेल्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC