site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संयुक्त कार्यदलको बैठक सकियो, ओली फर्किएपछि मात्रै निर्णय गरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र माओवादीबीचको संयुक्त कार्यदलको बैठक सकिएको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार गठनको विषयमा कार्यदलका सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृका यादवले आफ्नो-आफ्नो कुरा राखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा राष्ट्रियसभा सम्बन्धीको कुरा टुङ्गो भने लागि नसकेको एमाले नेता एवं कार्यदलका सदस्य सुवास नेवाम्वाङले जानकारी दिए ।

''आजको बैठकमा विस्तृत रुपमा छलफल भयो, सबैले आफ्नो-आफ्नो कुरा राखे, ''नेता नेवाङ्ले बाह्रखरीसँग भने, ''एक अर्काको कुरा सुन्ने काम भयो । कुरा सकारात्क थियो । त्यसको आधारमा दुवै पार्टीले आन्तरिक छलफल गर्छौं । केपी ओली २ गते आउनुहुन्छ । उहाँ आएपछि ३ गते १ बजे बैठक बसेर राष्ट्रियसभा सम्बन्धी कुरा टुङ्गो लाग्छ भन्ने हाम्रो विश्वास छ ।'

Global Ime bank

उनले ओली स्वदेश फर्किएलगत्तै वैचारिक र सांगठनिक कार्यदल बन्ने र पार्टीको काम तीव्र रुपमा अगाडि बढ्ने पनि बताए ।  ''ओलीजी नेपाल फर्किएपछि वैचारिक र सांगठनिक कार्यदल बन्छ र पार्टी एकताको कामले तीव्र रुपमा गति लिन्छ,  ''नेता नेम्वाङले अगाडि भने, ''गत २५ गते संयुक्त कार्यदल मात्र निर्माण गर्न सकियो । समय अभावको कारण वैचारिक र सांगठनिक कार्यदल निर्माण गर्न सकेनौं ।''

उनले पार्टी एकताको आन्तरिक छलफल भइरहेको भन्दै पदको विषयमा पार्टी एकता नरोकिने दावी समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC