site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भिल्लारियलसँग रियल मड्रिड स्तब्ध
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिड पराजित भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड भिल्लारियलसँग १–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा अन्तिम समय सम्हालिन नसक्दा रियल मड्रिडले हार बेहोरेको थियो । भिल्लारियललाई जित दिलाउन पाब्लो फोर्नाल्सले निर्णायक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औँ मिनेटमा फोर्नाल्सले गोल गर्दै भिल्लालाई जित दिलाएका थिए । फोर्नाल्सले काउन्टर अट्याकमा गोल गर्दै रियल मड्रिडलाई स्तब्ध बनाएको हो । भिल्लाले रियललाई उसकै मैदानमा पहिलो पटक हराएको हो ।

बल पोजिसनमा पकड जमाएपनि रियल मड्रिडले पहिलो र दोस्रो हाफमा गोल गर्ने सुन्दर मौकाहरु खेर फालेको थियो । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको एक फ्रि किक पोष्ट बारमा लागेर फर्किएको थियो । त्यस्तै खेलमा ग्यारेथ बेलले गोल गर्ने उत्कृष्ट मौकामा गोल गर्न सकेनन् ।

Global Ime bank

यो हारसँगै रियल मड्रिडले १८ खेलबाट ३२ अंक जोडेको छ । चौथो स्थानमा रहेको रियल शिर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि रहेको छ । १८ खेल खेलेको बार्सिलोनाको ४८ अंक छ । शनिबार राति नै एइबरलाई १–० ले हराएको एथ्लेटिको मड्रिड लिगको दोस्रो स्थान छ । एथ्लेटिकोले १९ खेलबाट ४२ अंक जोडेको छ ।  १९ खेलबाट ३१ अंक जोडेको भिल्ला पाँचौँ स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !