site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले सुनिरहे डेनियल्सको बयान 
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । अमेरिकाको म्यानहटनस्थित अदालतमा धेरैपछि मंगलबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वयौन अभिनेत्री स्टर्मी डेनियल्स आमनेसामने भए ।

ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि चुप लगाउनका लागि  डेनियल्सलाई गैरकानुनी रूपमा एक लाख ३० हजार डलर दिएको आरोप लगाइएको थियो । जसको सुनुवाइ अदालतमा भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुनुवाइका क्रममा डेनियल्सले दिनभरी नै ट्रम्पतिर हेरिनन् जबसम्म उनलाई ट्रम्पलाई पहिचान गर्न लगाइएन । डेनियल्सले अदालतमा ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको जनाएकी थिइन् । यद्यपि, ट्रम्पले भने यो आरोपको खण्डन गरेका छन् । ट्रम्पले यो स्वीकार गरेका छन् कि उनका वकिल माइकल कोहेनमार्फत स्टर्मीलाई चुप राख्नका लागि २०१६ को चुनावअघि पैसा दिइएको थियो । 

मंगलबारको सुनुवाइका क्रममा डेनियल्सले ट्रम्पसँगको सम्बन्ध यति विस्तृत रूपमा बताइन् कि न्यायाधीशले नै कतिपय कुरा नभन्दा नै ठीक हुने समेत भन्नु परेको थियो । उनले बयानका क्रममा कन्डम नलगाई ट्रम्पसँग यौन सम्पर्क भएको समेत जनाएकी थिइन् । डेनियल्सले आफ्नो पहिलोपटक ट्रम्पसँग २००६ मा भेट भएको उल्लेख गरेकी थिइन् । उनको बयान ट्रम्प भने ध्यान दिएर सुनिरहेका थिए ।

Global Ime bank

अर्को मुद्दा अनिश्चितकालका लागि स्थगन
फ्लोरिडास्थित अदालतमा चलिरहेको ‘क्लासिफाइड डकुमेन्ट’सम्बन्धी ट्रम्पको मुद्दा भने न्यायाधीश एल्लेन क्यानोनले मंगलबार अनिश्चितकालका लागि स्थगन गरेकी छन् ।

संघीय फौजदारी मुद्दाअन्तर्गत लैजान क्लासिफाइड प्रमाणसम्बन्धी केही तयारी गर्नुपर्ने भन्दै उनले सो मुद्दा स्थगित गरेको जनाइएको छ । उनले त्यससम्बन्धी आदेशमा मे महिनाका लागि तय गरिएको सुनुवाइको मिति रद्द गरेकी थिइन् भने नयाँ मिति तोकिएको छैन । सो मुद्दा अब सम्भवतः नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनभन्दा पछाडि धकेलिने छ । बीबीसी/सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement