देश
काठमाडौं । छिमेक समाज सेवा संस्थाको २६औं साधारणसभाले शनिबार रेणु कार्कीको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
राजधानीमा सम्पन्न बार्षिक साधारणसभाले समितिको उपाध्यक्षमा निलम डंगोल, सचिवमा शोभा मिश्र, कोषाध्यक्षमा दीपकनिधी तिवारी चयन गरेको छ ।सदस्यमा भुवनेश्वरी पन्त, पुष्पा जोशी, चोलराज शर्मा निर्वाचित भएका छन् ।
२०४८ सालमा निर्वाचित संस्थाअन्तर्गत छिमेक लघुवित्त विकास बैकं लिमिटेड, छिमेक एकेडेमी, छिमेक बजार व्यवस्था कम्पनि लिमिटेड, महोत्तरी छिमेक बहुमुखि सहकारी सस्ंथा लिमिटेड लगायतका संगठीत संस्थाहरु स्थापना भएका छन् । हाल सम्म संस्थाको कूल पूँजी तथा दायित्व १८ करोड ९३ लाख ३१ हजार ७ रुपौयाँ रहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४ १९:४४
प्रतिक्रिया दिनुहोस्