site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं महानगरपालिकाले नगरको भित्री भागमा चारपांग्रे सवारी साधन चलाउन रोक्ने निर्णय गरेको समाचारले सम्पदाप्रेमीहरूलाई उत्साहित बनाएको हुनुपर्छ । यही माघ २ गतेबाट काठमाडौं महानगरका भित्री भागमा चारपांग्रे सवारी दिनमा चलाउन रोकिने निर्णय भएको बताइएको छ । काठमाडौं महानगरपालिकाको निर्वाचन २०७४ सालको सुरुमै भएको थियो । यो वर्ष सकिनलाग्दा सम्म पनि काठमाडौंको मुख्य विशेषता प्राचीन कला र  सम्पदा जोगाउन महानगरपालिकाले कुनै काम गरेन । बरु, महानगरपालिकाका प्रमुखले समुदायले गर्न खोजेको काष्ठमण्डप पुनर्निर्माणमा हस्तक्षेप वा रानीपोखरीलाई ’स्विमिङ पुल’ बनाउने जिद्दी जस्ता कार्य गरेको सार्वजनिक भएको थियो । यसैले काठमाडौं महानगरपालिकाले नगरको भित्री भागमा चारपांग्रे सवारी चलाउन आंशिकरूपमै भए पनि निषेध गर्ने निर्णय गरेको समाचार सजिलै विश्वास गर्न भने कठिन भएको हो । सायद, काठमाडौं महानगरपालिकाको यो अहिलेसम्मको एउटामात्र सराहनीय निर्णय हो । 

काठमाडौंवासीको अपेक्षा थियो महानगरपालिकामा जनताका प्रतिनिधि निर्वाचित भएपछि यस प्राचीन नगरको परम्परा र सम्पदाको संरक्षणलाई प्राथमिकता दिइनेछ । तर, महानगरपालिकाका निर्वाचित प्रतिनिधिहरूले सम्पदाप्रति देखाएको उदासीनता र चरम भौतिकवादी दृष्टिकोणबाट महानगरवासी निराश भए । यसबीच, काष्ठमण्डप पुनर्निर्माणका लागि समुदायबाट थालिएको अभियानलाई महानगरपालिकाले काम गर्न दिएन । रानीपोखरीमा जे गर्न नहुने थियो महानगरपालिका त्यही गर्न उद्यत भयो । जनदबाब नभएको भए ऐतिहासिक रानीपोखरी सायद नयाँ ’स्विमिङ पुल’ बन्नपुग्ने थियो । यस्तो प्रवृत्ति र चरित्र देखाएको महानगरपालिकाले मुख्य काठमाडौंका भित्री बस्तीहरूमा चारपांग्रे सवारी साधन चाउन आंशिकरूपमा रोक लगाउन निर्णय गरेर सकारात्मक सन्देश दिएको छ । ठमेलमा चारपांग्रे सवारीमा रोक लगाउँदा भएको व्यावसायिक र वातावरणीय फाइदाले पनि महानगरपालिकालाई यस्तो क्षेत्र विस्तार गर्न प्रेरणा मिलेको हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बानी नपर्दासम्म पक्कै पनि चारपांग्रे सवारी चलाउन रोक लाग्दा केही असुविधा अनुभव हुनेछ । त्यस क्षेत्रमा भूकम्पबाट ध्वस्त निजी भवन र पुरातात्विक सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्दा पनि असुविधा हुनेछ । तर, भित्री भागमा सवारी चलाउन बन्द गर्दा हुने तत्कालीन र दीर्घकालीन लाभका लागि यति असुविधा सहँदा खासै मर्का पर्दैन । चारपांग्रे सवारीमा रोक लगाउन प्रस्तावित क्षेत्र संसारकै लागि कलाको खुला संग्रहालय तुल्य छ । सवारीमा रोक लगाएपछि भौतिक सम्पदाको पुनर्निर्माण, अमूर्त सम्पदाको संरक्षण र संवर्धन तथा स्थानीय जनतालाई जीवशैली परिवर्तन गरी जीविकोपार्जनका लागि प्रोत्साहन गर्न पनि महानगरपालिकाले ध्यान दिनुपर्छ । सम्पदाको संरक्षणबाट प्रत्यक्ष र परोक्ष फाइदा पाए भने जनताले पनि महानगरपालिकाका कार्यक्रममा सहयोग गर्नेछन् । 

सांस्कृतिक धार्मिक सम्पदा संरक्षणमा स्थानीय समुदायलाई जिम्मा दिएर महानगरपालिका सहजकर्ताको भूमिकामा रहनु उचित हुन्छ भने व्यक्तिलाई पनि नगरको सभ्यता र संस्कृति जोगाउन महानगरपालिकाले सहयोग गरेर प्रोत्साहित गर्नुुपर्छ । व्यक्ति वा दलगत स्वार्थ र लोभ नराखी नगरको मौलिकरूप एवं महत्ता जोगाउन अग्रसर हुने हो भने महानगरपालिकाको नेतृत्व धन्यवादको पात्र बन्नेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement