site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहमति जुटाउन प्रदेश प्रमुख र र अस्थायी राजधानी नतोकिएको हो : मन्त्री बलायर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न सरकारले दलीय सहमति जुटाउन प्रयास गरिरहेको बताएका छन् । 
बाह्रखरीसँगको टेलिफोन कुराकानीमा यातायातमन्त्री बलायरले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न सरकारले दलीय सहमति जुटाउन प्रयास गरिरहेको बताएका हुन् । 
‘‘सरकारले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्नका लागि दलीय सहमतिको अन्तिम प्रयास गर्न स्वरुप आजको मन्त्री परिषद्बाट कुनै निर्णय नगरेको हो,’’ उनले भने । 
प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेश राजधानी संघीयताको पहिलो आधारशिला भएको बताउँदै मन्त्री बलायरले यी दुबै कुरा टुंग्याउन दलहरुबीच राजनीतिक एकता आवश्यक रहेको बताए । 
अहिलेको सरकारले एकलौटी ढंगबाट प्रदेश प्रमुखहरु तोकेर आगामी सरकारले त्यसलाई फेरबदल गरे संघीयतामै आशंका उब्जिने भएकाले सरकार दलीय सहमति जुटाउने प्रयासमा रहेको उनको भनाइ थियो । 
यातायात मन्त्री बलायरले अन्य राजीनतिक दलहरु सहमतिमा नआए सरकारले निर्वाचन आयोगको चुनावी तालिका प्रभावित नहुने गरी प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने स्पष्ट पारे । 
‘‘दलहरु सहमतिमा नआए संविधान अनुरुप अहिलेको सरकारले सम्पन्न गर्नु पर्ने कार्यभार पूरा गर्न आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि निर्धारण गरेको तालिकालाई असर नपर्ने गरी निर्णय लिन्छौं,’’ उनले भने । 
यसअघि आज बसेको मन्त्री परिषद् बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशहरुको अस्थायी मुकाम तोक्ने बताइएको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !