राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्डअनुरुप समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको छ ।
रमेश पौड्याल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाइएको पार्टीले जनाएको छ ।
विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ। यस प्रदेशमा पार्टीले समानुपातिकतर्फ एक लाख २४ हजार चार सय ४२ मत प्राप्त गरेको थियो।
प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४ १४:१३
प्रतिक्रिया दिनुहोस्