site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पशुपति फारवेष्ट कपको तयारी अन्तिम चरणमा, खेल तालिका सार्वजनिक
Sarbottam CementSarbottam Cement

धनगढी । बिहिबारबाट धनगढीमा आयोजना हुने पशुपति फारवेष्ट कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लवले प्रतियोगिताको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको मैदानलाई अन्तिम रुप मात्रै दिन वाँकी रहेको आयोजकले जनाएको छ । आगामी पुस ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगितामा कैलाली, कञ्चनपुर, दाङका विभिन्न टोलि र विभागीय टोलीको सहभागिता रहने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको खेल तालिका आयोजकले मंगलबार सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव वी र मदरल्याण्ड युवा क्लवले प्रतिस्पर्धा गर्ने छन् ।

यो पटक प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ । विजेताले नगद ३ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख ५० हजार पाउने छन् ।

Global Ime bank

प्रतियोगितामा विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीले समान १० – १० हजार पाउने छन् । प्रतियोगिताको अघिल्लो संस्करणको विजेताले दुई लाख पाएका थिए ।

’खेल र खेलाडीको विकासको रहर, छाउँदैछ फारवेष्ट पशुपति कपको लहर’ भन्ने नारा सहित हुने प्रतियोगितामा झण्डै २० लाख खर्च हुने अनुमान गरिएको छ ।  २०६८ सालमा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताउने खेलाडीहरूले स्थापना गरेको यो क्लबले  फुटबलको विकास गर्दै नयाँ खेलाडी उत्पादन गराउनका लागि फारवेष्ट पशुपति कप आयोजना गर्दै आएको छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC