site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जेरुसेलम मुद्दामा इजरायली प्रधानमन्त्रीको भड्किलो प्रतिक्रिया !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतानयाहूले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई भेटेर जेरुसेलम मुद्दाका बारेमा छलफल गरेका छन् । उनीसँगको छलफलपछि जेरुसेलम हिंसा शान्त हुने अपेक्षा गरिएको थियो तर उनले उल्टै प्यालेस्टाइनका नागरिकलाई वास्तविकतालाई छिट्टै अपनाउन सुझाव दिएका छन् । उनको यस्तो भड्कीलो प्रतिक्रियाले विवाद अझै चर्किने अनुमान गरिएको छ ।  

उनले जेरुसेलम कहिल्यै प्यालेस्टाइनको राजधानी बन्न नसक्ने भएकाले वास्तविक परिस्थितिको सामना गरेर हिंसालाई अन्त्य गराउन भनेका छन् । उनको यस्तो बयानपछि गाजा र वेस्ट ब्याङ्क क्षेत्रमा अझै हिंस्रक गतिविधिहरु भइरहेका छन् । हालै मात्र एक प्यालेस्टाइनका नागरिकले इजरायलका २५ वर्षीय सुरक्षाकर्मीलाई सडकमा खुलेआम चक्कु प्रहार गरेको घटना सार्वजानिक भएको थियो । यसपछि फ्रान्सका राष्ट्रपति म्याक्रोनले पनि प्रधानमन्त्री नेतानयाहूलाई बहादुर भएर शान्ति सम्झौताको प्रक्रिया पुनः सुरु गरि जेरुसेलममा शान्ति स्थापना गर्न आग्रह गरेका थिए । 

यता इजरायली झन्डा जलाउँदै प्रदर्शनमा उत्रिएका प्यालेस्टाइनका जनताहरु अझै गम्भीर अवस्थामा छन् । तर उता जेरुसेलमको हिंसालाई बेवास्ता गर्दै ब्रसेल्स पुगेका प्रधानमन्त्री नेतानयाहूले भने यूरोपियन यूनियनसमक्ष पनि आफ्नो देशलाई समर्थन गर्न आग्रह गरिरहेका छन् । उनले भने, ‘जेरुसेलम इजरायलको राजधानी भएपछि यूरोपेली मुलुकहरुले पनि आफ्ना दूतावासलाई जेरुसेलममै स्थापित गर्नेछन् भनेर म आशा गर्दछु । इजरायलसँग राम्रो सम्बन्ध बनाइराख्न शान्ति र सुरक्षा कायम गर्न यूरोपले पनि जेरुसेलमलाई इजरायलकै राजधानी बनउन सहयोग गर्नेछ भन्नेमा मेरो विश्वास छ ।’ तर यूरोपियन यूनियनले चाहिँ पहिलेदेखि नै जेरुसेलमलाई प्यालेस्टाइन र इजरायल दुवैको राजधानी बनाएर शान्तिपूर्ण वार्ता गर्न सुझाव दिइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC