site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से ३ अंकले घट्यो, चुनाव कारक होइन : ब्रोकर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सेयर बजार (नेप्से) आइतबार ६ अंकले घटेकोमा सोमबार पनि २.७४ अंकले घटेर १५ सय २७.७५ अंकमा अडिएको छ । बजारमा परिसूचक ओरालो लाग्दा कारोबार घटेर ४६ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
१५७ कम्पनीको ८ लाख ५६ हजार ११८ कित्ता सेयर ४ हजार १०१ पटक किनबेच हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । बजारमा उत्पादनमूलक र अन्य समूहबाहेक ८ वटै  समूहको सेयर परिसूचक घाटेको छ । 
सबैभन्दा धेरै विमा समूहको परिसूचक २६.७३ अंकले घटेको छ । त्यस्तै विकास बैंक, होटेल, माइक्र्रो फाइनान्ससको क्रमशः ९.१, ७.१, ५.४७ अंकले घटेको छ ।

चुनावको नतिजा आइरहेका बेला त्यसमै कारण बजार घटेको तर्क कतिपय लगानीकर्ताले गरेका छन् । तर, कोहिनुर सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले बजारमा हल्ला भएजस्तो वाम गठवन्धनले चुनाव जितेका कारण सेयर बजार घटेको भन्ने कुरा सत्य नभएको बताए । “त्यस्तो प्रभाव परेकोे हो भने कि अत्यधिक घट्थ्यो, कि अत्यधिक बढ्थ्यो । मेरो विचारमा त्यस्तो होइन,” उनले भने, “यद्यपि चुनावको कारणले सेयर खरिद र बिक्रीकर्ता ग्राहकहरु आ–आफ्नो घरतिर गएकोले उपस्थितिमा कमी आएकोले केही प्रभाव परेको हुनसक्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC