site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नवराज सिलवाल : प्रहरी निरीक्षकदेखि सांसदसम्म
SkywellSkywell

ललितपुर (रासस) : निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएका छन् ।

आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गरेका छन् ।

सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल ‘सेलिब्रेटी’ बनेका थिए ।

Dabur Nepal
NIC Asia

प्रहरीमा रहँदा पनि बफादारिताका साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा (एमाले) प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बनेका थिए । वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ । 

सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याए । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो । 

दोस्रो संविधानसभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गरेका थिए ।
साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) थिए । अहिले उनको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ । 

एमाले र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवारका रुपमा उनी एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुगेका थिए भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त छन् ।

एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उनलाई धेरैले चिन्दथे । राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उनलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए । उनका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उनका लागि जित्न सहज भइदियो । 

नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्मिएका हुन् । उनले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरी २९ वर्षसम्म कार्यरत रहे । सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिएका थिए । उनी २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका थिए ।
असोज २२ गते उनको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उनको विजय निश्चित भएको मानिएको छ । 

सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित छन् । कथा, कविता, निबन्धलगायतका विधामा उनले कलम चलाउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu