ad

अर्थ व्यवसाय

एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस र २ प्रतिशत लाभांश दिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गएको आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पू‘जीको ३०.१२ प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयरमा कर मिलान प्रयोजनार्थ १.५९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । 

सो प्रस्ताव आइतबार सम्पन्न बैंकको वार्षिक साधारण सभाबाट पारित गरेको जनाइएको छ । उक्त बोनस शेयर वितरण तथा चालु आवमा निष्काशन गरेको हकप्रद शेयर पश्चात वैंकको चुक्ता शेयर पुँजी ६९ करोड २६ लाख ७४ हजार पुग्ने बताइएको छ ।

बैंक अनुसार गएको आर्थिक वर्ष  बैंकको खुद मुनाफा १५ करोड ४ लाख ४९ हजार थियो । वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा ३ अर्ब ९२ करोड रुपैयाँ भने निक्षेप संकलन ४ अर्व ५१ करोड पुगेको बताएको छ । 

झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, ईलाम र मोरङका विभिन्न २२ स्थानमा आफ्ना कार्यालयहरुमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

तपाईंको मत