ad

घटना क्रम

कहाँबाट आएकी थिइन पद्मावती ?

डा. महाकालेश्वर प्रसाद लेखक, जायसीकालीन भारत

काठमाडौं । सञ्जय लीला भनसालीद्वारा निर्देशत फिल्म ’पद्मावती’ लाई लिएर विवाद छ । तर पद्मावतीको चरित्र कति सत्य र कति काल्पनिक छ भन्ने बारेमा विद्वानहरुबीचमा मतभेद छ ।

पद्मावती नामकी महिला चरित्रको बारेमा पहिलो पटक मध्यकालीन कवि मलिक मुहम्मद जायसीको कृति ’पद्मावत’ मा आएको थियो । उक्त कृति अलाउद्दीन खिलजीको शासनकालभन्दा अढाई सय वर्ष पछि लेखिएको थियो । 

कयौं विद्वानहरुले पद्मावतीलाई एक विशुद्ध काल्पनिक चरित्र मानेका छन् । राजस्थानको राजपुतहरुको इतिहासमा काम गर्दै आएकी इरा चन्द ओझाले पनि यसको वास्तविकतालाई अस्वीकार गर्दै यो चरित्र पूर्ण रुपमा काल्पनिक जस्तै भएको प्रतिक्रिया दिइन् । हिन्दी साहित्यका प्रकाण्ड विद्वान रामचन्द्र शुक्लले पनि पद्मावतीलाई काल्पनिक चरित्र नै मानेका छन् । 

’पद्मावत मध्यकाल’ को अत्यन्तै महत्वपूर्ण महाकाव्य हो । केही मानिसहरुले जायसी सूफी कवि रहेको मानेका छन् । उक्त समयमा सूफी कविहरुले गरेका रचनाहरुमा चरित्रहरुलाई प्रतिकात्मक रूपमा ग्रहण गरेका छन् । उदाहरणका लागि मधुमती, मृगावती आदिको नाम लिन सकिन्छ । .

खिलजी र पद्मावती

रचना अनुसार जब राजा रत्नसेन पद्मावतीको सिंघल द्वीप जान्छन् त्यो समयसम्म राजाकी एक पटरानीपनि थिइन् । जसको नाम थियो नागमती । पद्मावतीको आगमन पछि रचनामा देखाइएको संघर्षको वर्णन काल्पनिक छ । तर राजस्थानमा केही मानिसहरु यसलाई सत्य चरित्र बताइरहेका छन् ।

फिल्ममा चित्रण गरिएको अलाउद्दीनको चरित्रमाथि केही मानिसहरुले आपत्ति जनाइरहेका छन् । तर रोचक कुरा के छ भने पद्मावतको रचना १६ औं शताब्दी को हो भने अलाउद्दीन खिलजीको समय १४ औं शताब्दीको शुरुआतबाट भएको पाइन्छ । 

अलाउद्दीनको शासनकाल १२९६ बाट १३१६ सम्म चलेको थियो । यस कारण फिल्मका कथाकारले कथालाई अगाडि बढाउनका लागि कल्पनाको सहारा लिएको देखिन्छ । अलाउद्दीनको समयमा लेखिएको रचनामा पद्मावती नामक चरित्र छैन् । अलाउद्दीनका समकालीन अमीर खुसरो थिए । खुसरोका तीन वटै कृतिमा ं रणथंभौर र चित्तौड़गढमाथि अलाउद्दीन खिलजीको आक्रमणका बारे अलांकारिक वर्णन गरेको पाइन्छ । त्यसमा पनि पद्मावती जस्तो कुनै पनि चरित्रको नाम उल्लेख छैन् । 

मिल्दैन पद्मावतीको जिकिर

अमीर खुसरोले रणथंभौरको युद्धमा अमीरदेव र रंगदेवीको चर्चा अवश्य गरेका छन् तर त्यहाँं पद्मावतीको कुनै जिकिर गरिएको छैन् । जब चित्तौडगढमा अलाउद्दीन खिलजीले १३०३ मा आक्रमण गर्दा जीत हात पार्न छ महिना लागेको थियो । 

जियाउद्दीन बर्नी, अब्दुल्ला मलिक किसामी जस्ता त्यो समयका इतिहासकार र जैन धर्मका अन्य समकालीन कृतिमा पनि अहिले भइरहेको दावी झै अलाउद्दीनले महिलाहरुका लागि आक्रमण गरेको तथ्य फेला पर्दैन । 

जौहरको कुरा अमीर खुसरोका कृतिहरुमा फेला पर्दछ तर उनी रणथंभौरको आक्रमणका दौरान कहाँ थिए र चित्तौडगढको समयमा जौहरको बारेमा केही उल्लेख गरेको छैन् । त्यस पछिका इतिहासकारहरुका रचनाहरुमा उल्लेख गरिएको रतनसेन अथवा पद्मावतीको जिकिर जायसीको कृति ’पद्मावत’ बाट लिइएको झै लाग्दछ ।

अबुल फजलले आईने अकबरीमा जायसीबाटै लिएका छन् । र त्यस पछिका इतिहासकारहरुले पनि यसैलाई दोहो¥याएका छन् । अचम्म कुरो के छ भने जायसीले पद्मावतीको चरित्रलाई यस्तो गाढा बनाएका छन् कि जसले इतिहासलाई नै अतिक्रमित गरिदिएको छ । पछिका इतिहासकारहरुले जायसीको रचनालाई एक इतिहासको कृति सरह लिएको पाइन्छ । 

कल्पनालाई इतिहास ठह¥याइयो 

कर्नल टाडको कृतिलाई यसको यसको उदाहरणका रुपमा लिन सकिन्छ । राजपुत इतिहासको आफ्ना कृतिमा उनले लोक र दन्तकथाहरुमा प्रचलित ’पद्मावती’ चरित्रलाई इतिहासको एक अंशका दर्जा दिएका छन् । अलाउद्दीनको आक्रमणको २४० वर्ष पछि ‘पद्मावत’ को रचना भएको हो । यस कारण यसमा जति पनि आएका छन् ती पूर्णतया काल्पनिक छन् । केवल अलाउद्दीन खिलजीको मात्रै वास्तविक चरित्र हो । 

मलिक मोहम्मद जायसी आफ्नो समयको विलक्षण प्रतिभाका कवि थिए । उनका काल्पनिक चरित्र ऐतिहासिक चरित्रलाई प्रभावित गर्दछन् । जायसी आफुभन्दा झण्डै अढाई सय वर्ष अघिको एक चरित्रलाई उठाउँछन् र आफ्नो समयका एक चरित्रलाई मध्यकालीन भारतको भौगोलिक, सांस्कृतिक र सामाजिक स्थितिको यसरी वर्णन गर्दछन् कि त्यो वास्तविक लाग्न थाल्दछ । 
बीबीसीबाट 
 

तपाईंको मत